रणबीर कपुरको सम्बन्धमाथि यसो भन्छन् रणवीर सिंह
बलिउडका एउटै नाम भएका दुई नायक रणबीर कपुर र रणवीर सिंह निकै चर्चित छन् । यी दुईलाई ठूलो पर्दामा एकैपटक देखिएको छैन । तरपनि यी दुईलाई विभिन्न कार्यक्रम र अन्तरवार्तामा सँगै उपस्थित भइसकेका छन् । हालै, यी दुईलाई एक च्याट शोमा सँगै देखियो जहाँ रणवीर सिंहले रणबीर कपुरको रिलेशनशीप स्टेटसबारे कुराकानी गरेका छन् ।
रणवीर सिंहले हालै दीपिका पादुकोणसँग विवाह गरेका छन् । यस्तै, रणबीर कपुर र आलिया भट्टको सम्बन्ध पनि आजकाल चर्चामा छ । उक्त च्याट शोमा रणवीर सिंहलाई रणबीर कपुरलाई सम्बन्धका लागि कस्तो सल्लाह दिन चाहनुहुन्छ भनेर सोधियो । यसमा रणवीरले सिधा जवाफ दिए, ‘रणबीर परिपक्व छन्, वयस्क छन् र उनी आफ्नो निर्णय आफैं लिनसक्छन् । उनलाई कसैको पनि सल्लाहको आवश्यकता छैन ।’
गत वर्ष नोभेम्बरमा रणवीर सिंहले इटलीमा दीपिका पादुकोणसँग विवाह गरेका थिए । रणवीर र दीपिकाको जोडी प्रशंसकबीच निकै हिट छ । यस्तै, रणबीर कपुरले गत वर्ष आलिया भट्टसँग आफ्नो सम्बन्धबारे खुलासा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण