गोप्य विवाह गरेकी माइली साइरस गर्भवती ? अण्डाको तस्बिर राखेर गायिकाले गरिन् यो खुलासा
अमेरिकी गायिका माइली साइरस गर्भवती भएको खबर सोसल मिडियामा निकै फैलिरहेको छ । गायिकाले यो खबरलाई अफवाह बताउँदै यसको खण्डन गरेकी छिन् । माइली साइरसले एउटा अण्डाको सहारा लिएर यसबारे खण्डन गरेकी छिन् ।
केही दिन अघि मात्र एउटा अण्डाले इन्स्टाग्राममा सबैभन्दा धेरै लाइकको रेकर्ड बनाएको थियो । यसअघि सबैभन्दा धेरै लाइक पाउने रेकर्ड काइली जेनरको नाममा थियो । उनले आफ्नो एउटा फोटोमा पेट छोपिने गरी अण्डाको तस्बिर राख्दै उनले खबरलाई अफवाह बताएकी छिन् ।
इन्स्टाग्राममा एउटा साधारण अण्डाले पायो २.५ करोड बढी लाइक, नायिकाको विश्व रेकर्ड तोडियो
माइलीले फोटो ट्वीटर गर्दै लेखिन्, ‘म गर्भवती छैन तर हाम्रो लागि सबैजना खुसी भएकोमा निकै राम्रो महसुस भइरहेको छ । हामी पनि आफ्ना लागि खुसी छौं । हाम्रो जीवनको अलग अध्यायका लागि उत्सुक छु ।’
ओके अष्ट्रेलिया OK! Australia नामको म्यागजिनले माइली साइरस गर्भवती भएको र उनीहरुले छोरीलाई जन्म दिन लागेको रिपोर्ट प्रकाशित गरेका थिए ।
‘माइली निकै खुसी छिन् किनभने उनले लियामको बच्चा बोकिरहेकी छिन् .... छोरी, उनीहरुले आशा गरेझैं,’ ओके अष्ट्रेलियाले नाम नखुलाइएको स्रोतलाई उद्धृत गर्दै लेखेको थियो ।
माइली र लियाम हेम्सर्वले डिसेम्बर सात तारिखमा फ्रेंकलिनमा गोप्य तरिकाले विवाह गरेका थिए । दुबैको पहिलो भेट सन् २००८ मा फिल्म द लास्ट संगको सेटमा भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण