‘क्युट’ तस्बिर सेयर गर्दै ऐश्वर्याले अभिषेलाई दिइन् जन्मदिनको शुभकामना
मङ्गलबार, २२ माघ २०७५, ११ : १०
मुम्बई – बलिउड अभिनेता अभिषेक बच्चन आज ४३ वर्ष पुगेका छन् । उनको जन्मदिनको अवसरमा बलिउडका कलाकार, परिवार तथा उनका दर्शकले सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन् ।
यसैक्रममा अभिनेत्री तथा अभिषेकपत्नी ऐश्वर्याले पनि अभिषेक बच्चनको बच्चा बेलाको तस्बिर सेयर गर्दै शुभकामना दिएकी छिन् । उनले सामाजिक सञ्जाल इन्टाग्राममा जन्मदिनको शुभकामना दिएकी हुन् । उनले फोटोको क्याप्सन– ‘सधैँ.... माई बेबी ह्प्पी ह्याप्पी बर्थडे बेबी ’ लेखेकी छिन् ।
साथै, अभिषेककी बहिनी श्वेता बच्चन नन्दाले पनि आफ्नो र अभिषेकको बालापनको तस्बिर सेयर गर्दै जन्मदिनको शुभकामना दिएकी छिन् ।
अभिनेता बच्चन यतिबेला ‘अनाम’ को शुटिङमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण