यसरी शाहरुखले गौरी, सैफले करिना र अभिषेकले ऐश्वर्यालाई गरेका थिए प्रपोज
भ्यालेन्टाइन विक सुरु भइसकेको छ । तपाईं पनि आफ्नो पार्टनरलाई खुसी बनाउनका लागि विभिन्न फन्डा सोचिरहनुभएको होला । तर के तपाईंलाई बलिउड स्टार्सले आफ्नो पार्टनरलाई विवाहका लागि कसरी प्रस्ताव राखेका थिए भन्ने थाहा छ ? आज प्रपोज डेको मौकामा बलिउड सेलिब्रिटीको प्रपोजको कहानी उनीहरुकै शब्दमा सुन्नुहोस् ।
शाहरुख खान र गौरी खानः
युवावस्थामा नै गौरी र शाहरुख खानले डेट गर्न सुरु गरेका थिए । तर जब गौरीलाई शाहरुख आफ्ना लागि अत्यधिक पोसेसिव भइरहेका छन् भन्ने थाहा भयो तब दुबैले केही समयका लागि एक–अर्कासँग टाढा बस्ने सोच बनाए । त्यसपछि एक बर्थडे पार्टीका लागि गौरीले शाहरुखलाई नभनी मुम्बई गइन् । त्यसपछि गौरीलाई खोज्न शाहरुख पनि मुम्बई आए । अन्त्यमा उनले गौरीलाई एक बीचमा खोजे । जहाँ दुबैले एक–अर्कालाई मन पराएको महसुस गरे । त्यसपछि शाहरुखले गौरीलाई अत्यधिक भावुक र आँसुसहित प्रपोज गरे जुन गौरीले स्विकार गरिन् । यी दुईले सन् १९९१ मा विवाह गरे । यी दुईका तीन सन्तान– आर्यन, सुहाना र अब्राहम छन् । क
करिना कपुर र सैफ अली खानः
करिना कपुर र सैफ अली खान आफ्नो नीजि जीवनबारे खासै त्यति चर्चा गर्दैनन् तर सम्बन्धको कुरा उनीहरुबाट कहिले पनि लुक्दैन । एक–अर्कालाई डेट गर्नुअघि सैफको विवाह अमृतासँग भएको थियो र करिनाको शाहिद कपुरसँग अफेयर थियो । सैफको फिल्म ‘टशन’ को क्रममा करिनासँग प्रेम भएको थियो । करिनाले सैफलाई हुन्छ भन्नुअघि दुई पटक रिजेक्ट गरेकी थिइन् । करिनाका अनुसार सेफले उनलाई पेरिसमा विवाहको प्रपोज गरेका थिए । तब करिनाले सैफलाई अस्विकार गरेकी थिइन् । त्यही यात्राको क्रममा जब दुबै चर्चामा थिए तब सेफले पुनः प्रपोज गरेका थिए । त्यतिबेला करिनाले उनलाई ‘अब यसबारे कहिले कुरा नगर’ भनिन् । त्यतिबेला करिना आफ्नो करियरको उच्चतम बिन्दुमा थिइन् । यस्तोमा करिनाले सैफसँग केही समय मागिन् । त्यसको दुई दिनपछि करिनाले विवाहका लागि स्विकारोक्ति दिइन् । सन् २०१२ अक्टोबर १६ मा यी दुईको विवाह भयो । यी दुईका एक छोरा छन् – तैमुर अली खान ।
अभिषेक बच्चन र ऐश्वर्या रायः
ऐश्वर्यामाथि अभिषेक बच्चन ‘कुछ ना कहो’ को सुटिङको क्रममा आकर्षित भएका थिए । यी दुई फिल्म ‘गुरु’ को सेटमा एक–अर्काको प्रेममा परेको स्विकार गरेका थिए । अभिषेकले बताएका थिए, ‘न्यूयोर्क फिल्मको क्रममा उनी आफ्नो होटलको बाल्कोनीमा उभिएर ‘ऐशसँग विवाह गरेर यहिँ बस्न पाए’ भन्ने सोच्थे । त्यसपछि गुरु फिल्मको न्यूयोर्कमा आयोजित भएको प्रिमियरपछि अभिषेकले ऐश्वर्यालाई त्यही होटलमा लगेर प्रपोज गरे, ‘विल यु म्यारी मे ?’ । यी दुईले सन् २००७ मा विवाह गरे । उनीहरुका आराध्या नामकी एक छोरी छिन् ।
अक्षय कुमार र ट्विंकल खन्नाः
अक्षय कुमार र ट्विंकल खन्ना जब सबैभन्दा पहिले ‘फिल्मफेयर’ म्यागजिनको सुटिङका लागि भेटे तब दुबैको ‘लभ एट फर्स्ट साइट’ भयो । दुबैले एक–अर्कालाई डेट गरिरहेका बेला ट्विंकलको जन्मदिनमा अक्षयले उनलाई क्रिस्टल पेपरवेट गिफ्ट दिएका थिए । त्यतिबेला ट्विंकलले उनलाई यो पेपर वेट जति ठूलो छ, मेरो लागि त्यति नै ठूलो हिरा ल्याएर दिए मात्र म सुनिश्चित हुनसक्छु ।
अक्षय कुमारका अनुसार ट्विंकल खन्नाको फिल्म ‘मेला’ रिलिज हुन लागेको थियो । ट्विंकल आफ्नो फिल्मको विषयमा निकै ढुक्क थिइन् त्यतिबेला ट्विंकलले भनेकी थिइन्, ‘यदि मेरो फिल्म फ्लप भयो र बक्स अफिसमा राम्रो गर्न सकेन भने म तिमीसँग विवाह गर्छु । ’ मेला फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । त्यसपछि सन् २००१ मा जनवरी ७ मा यी दुईले विवाह गरे । यी दुईका आरभ र नितारा नामका दुई सन्तान छन् ।
करण सिंह ग्रोवर र बिपाशा बसुः
यी दुई फिल्म ‘एलोन’ मा नजिकिएका थिए । करणले भनेका थिए कि त्यो दिन ३१ डिसेम्बरको रात थियो । आकाश आतिशबाजीले सजिएको थियो । करणले आफूसँग एउटा औंठी लिएर आएका थिए । करणलाई कसैले त्यो सही समय भएको बताएका थिए । बिपाशा जब आकाशको आतिशबाजीको भिडियो बनाइरहेकी थिइन् तब मौका हेरेर उनले बिपाशालाई औंठी दिए । करण १० मिनेटसम्म घुँडामा टेकेरै बसे । त्यसपछि बिपाशाले भनिन्, ‘तिमीलाई के भयो ? तिमी मसँग किन विवाह गर्न चाहन्छौ ? म तिमीसँग विवाह गर्नेवाला छैन ।’ तर पछि बिपाशा विवाहको लागि राजी भइन् । स्मरण रहोस्, करणको यो तेस्रो विवाह हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण