साराले किन छोडिन् आमाको घर ?
बिहीबार, ०२ फागुन २०७५, १३ : ३७
केदारनाथबाट बलिउड डेब्यू गर्ने नायिका सारा अली खान आफ्नी आमा अमृता सिंहसँग निकै नजिक छिन् । उनी आफ्नी आमासँगै बस्छिन् । अब नयाँ वर्षमा साराले नयाँ सुरुवात गरेकी छिन् । रिपोर्टका अनुसार उनले आफ्नी आमाको घर छोडेकी छिन् र आफ्नो अपार्टमेन्टमा बस्न थालेकी छिन् ।
साराले आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् । यो फोटोमा उनी प्याक गरिएका थुप्रै सामानसँगै देखिएकी छिन् । उनी निकै खुसी पनि देखिएकी छिन् । तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘अब नयाँ सुरुवात’ ।
स्मरण रहोस्, यसअघि साराको एउटा फोटो पनि चर्चित भएको थियो जसमा उनी गाडीमा सामान राखिरहेको देखिएकी थिइन् । त्यसपछि मानिसहरुले विभिन्न अड्कलबाजी गरेका थिए । अब साराले इन्स्टामा आफ्नो नयाँ सुरुवातको घोषणा पनि गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण