अर्जुन रामपालले तिर्न सकेनन् एक करोड, अदालतमा मुद्धा दायर
मुम्बई – बलिउड अभिनेता अर्जुन रामपाललाई एक करोड हिनामिना गरेको आरोप लागेको छ । उनले इन्टरटेन्टमेन्ट कम्पनीसँग ऋण लिएको एक करोड भारतीय रुपैयाँ नतिरेका हुन् ।
गत मंगलबार उनीविरुद्ध हाईकोर्टमा एक करोड ५० लाख भारतीय रुपियाँ नतिरेको कमर्शियल मुद्धा दायर भएको छ ।
सुत्रको अनुसार सन् २०१८ मा वाईटी कम्पनीसँग व्याजमा एक करोड भारतीय रुपैयाँ लिएका थिए । उनले ९० दिन भित्रमा १२ प्रतिशत ब्याजसहित ऋण चुक्ता गर्ने शर्तमा पैसा लिएको भएपनि पैसा फिर्ता नगरेपछि उनी विरुद्ध उजूरी परेको छ ।
रामपालले भने आफूले लिएको ऋण चुक्ता गरिसकेको बताएका छन् । यसको बाबजुद पनि कम्पनीले उनी विरुद्ध मुद्दा दायर गरेको छ । यद्यपि रामपालले अदालतमा पैसा तिरेको सावित गरेरै छाड्ने बताए ।
वाईटी इन्टरटेन्टमेन्टले अभिनेता रामपालले केही समय पछिको चेक दिएका भएपनि उनले दिएको चेक सन् २०१८ अगस्ट २३ मा बाउन्स भएको आरोप लगाएको छ ।
मिडिया रिपोर्टको अनुसार सन् २०१८ अक्टोबर ८ मा रामपाललाई निगोशिएबल इन्स्ट्रुमेन्ट एक्ट १८१८ को धारा १३८ अनुसार कानुनी सूचना पठाइएको थियो । सूचनामा १४ दिनभित्र पैसा ब्याजसहित फिर्ता गर्न भनिए पनि उनले पैसा फिर्ता गर्न सकेका थिएनन् ।
त्यसपछि उक्त कम्पनीले रामपालको विरुद्ध अक्टोबर २९ मा अन्धेरी मेट्रोपोलिटन अदालतमा उजूरी दर्ता गराएको थियो । रामपालले उक्त उजूरीपछि नोबेम्बर २२ मा ७.५ लाख भारतीय रुपैयाँ बुझाएका थिए । तर पूरा ऋण बुझाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
-
अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण