मृत्युपूर्व यस्ता भएका थिए बलिउडका ‘डरलाग्दा’ भिलेन, यो रोगले लियो ज्यान
थुप्रै बलिउड र साउथ फिल्ममा भिलेनको भूमिका निर्वाह गरिसकेका नायक रामी रेड्डी उनको क्रुर भूमिकाका लागि चर्चित थिए । सन् १९९३ मा रिलिज भएको फिल्म ‘वक्त हमारा हे’ मा कर्नल चिकाराको भूमिका होस् वा ‘प्रतिबन्ध’ मा अन्नाको, रामी हरेक भिलेनको भूमिकामा खरो उत्रिन्थे । यद्यपी, २ सय ५० भन्दा धेरै फिल्ममा काम गरिसकेका रामीलाई कलेजोको रोगले गाँजेको थियो जसका कारण उनी धेरैजसो बिरामी भइरहन्थे ।
कलेजोको रोगका कारण रामीको धेरैजसो समय घरमा नै बित्ने गर्दथ्यो र बिस्तारै बिस्तारै उनी सार्वजनिक रुपमा देखिन छोडे । यद्यपी, उनी एकपटक एक कार्यक्रममा देखिएका थिए जहाँ उनलाई पहिचान गर्न मुश्किल भएको थियो ।
वास्तवमा रामी त्यतिबेला निकै दुब्लो पातलो देखिएका थिए । रामीलाई कलेजोका साथै मृगौलाको रोगले पनि च्याप्न थाल्यो जसका कारण उनको शरिरमा हड्डीमात्र बाँकी थियो । पछि उनलाई क्यान्सर पनि भएको धेरैले बताएका थिए ।
केही महिनासम्मको उपचारपश्चात् सन् २०११ को अप्रिल १४ मा सिंकदराबादको एक अस्पतालमा उनको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण