आमिर खानलाई स्वाइन फ्लु
सोमबार, २३ साउन २०७४, १० : ११
मुम्बाई । बलिउड अभिनेता आमिर खानलाई स्वाइन फ्लुको संक्रमण भएको छ । यस कुराको जानकारी अमिर खान आफैले दिएका हुन् ।
आमिर पुणेमा पानी फाउन्डेसनको सत्मेव जयन्ते वाटर कप २०१७ को प्रतियोगिताको पुरस्कार वितरणमा जानुपर्ने थियो तर उनी त्यहाँ पुग्न सकेनन् । त्यसको साटो उनले भिडियो कन्फरेन्सबाट सो कुराको जानकारी दिएका हुन् ।
समाचार एजेन्सीका अनुसार आमिर खान र पत्नी किरण राव दुवैलाई स्वाइन फ्लु भएको छ ।
आमिरले भिडियो कन्फरेन्सबाट उनको रगत जाँच गर्दा रिपोर्टमा एचवानएनवान पोजेटिभ भएको पुष्टि भएको बताए । उनले त्यही भएर कार्यक्रममा सहभागी नभएको बताउँदै आगामी १ हप्तासम्म कुनै पनि कार्यक्रममा भाग नलिने बताए ।
आमिरको स्थानमा शाहरुख खान कार्यक्रममा सामेल भएका थिए ।
पछिल्लो समय नेपाल र भारका विभिन्न स्थानमा स्वाइन फ्लुको संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण