सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

मंसिरमै चुनाव गराउने तयारी

शुक्रबार, १० साउन २०७६, ०८ : १७
शुक्रबार, १० साउन २०७६

निर्वाचन आयोगले आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा आगामी कार्तिक मसान्त वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी लक्ष्य मिति तोक्न सरकारसंग परामर्श गर्ने बताएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने सबै स्रोत र साधनको कार्य्विधि बनाइरहेको जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने–‘उपनिर्वाचन गराउन के के आवश्यक छ ? के कस्तो अवस्था छ भन्ने ब’झ्ने काम भइरहेको छ । ती कार्य सकिएपछि सरकारसंग परामर्श गर्ने छौं ।’
स्मरणीय छ, निर्वाचनसम्बन्धी ऐनमा सरकारले आयोगसंग परामर्श गरेर निर्वाचनको मिति तोक्ने प्रावधान छ ।

यस्तै आयोगले उपनिर्वाचनका लागि ७७ वटै जिल्ला निर्वाचन, जिल्ला प्रशासन र तोकिएको इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको बताइएको छ । यो कार्य उपनिर्वाचनको मिति घोषणा नभएसम्म जारी रहने आयोगले जनाएको छ । यो  समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप