सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपामा ‘हात्ती छि¥यो पुच्छर अड्क्यो’

मङ्गलबार, १४ साउन २०७६, ०६ : ३१
मङ्गलबार, १४ साउन २०७६

पार्टी एकीकरण भएको ढेड बर्ष अवधिमा जटिल मानिएका सांंगठानिक एकीकरणको काम नेपाल कम्युनिष्ट पार्टीले सम्पन्न गरिसकेको छ । केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेश कमिटीको पदाधिकारी, जिल्ला कमिटीको अध्यक्ष र सचिव, जनवर्गीय संगठनको एकीकरणको काम सम्पन्न गरिसकेको छ ।

एकीकरण अन्तर्गत विभाग र आयोगका प्रमुखहरुको टुंगो लगाउने काममात्र बाँकी रहेको छ । पटक–पटक सांगठानिक एकीकरणको विवादमा रुमलिदै आएको नेकपा भित्र पूर्व एमाले र पूर्व माओवादी समुहबीच प्रतिष्ठानको विषय समेत बन्नपुगेको छ ।

सांगठानिक एकीकरणको विषयलाई लिएर विवाद उत्कर्ष लामो समयसम्म पनि संवाद नहुने अवस्थाबाट नेकपा गुज्रिदै आएको छ । जटिल मानिएको सांगठानिक एकीकरणको काम सम्पन्न भएर बाँकी एकतालाई पूर्णतादिने अन्तिम तयारीमा पुगेपनि स्कुल विभाग कसले लिने भन्ने विषयलाई प्रतिष्ठा बनाएपछि एक साता अघि नै सम्पन्न हुने एकता प्रक्रिया लम्बिदै गएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप