काठमाडौं नगरप्रमुखको मनोमानी, बिनास्वीकृति जम्बो टोली लिएर चीनतर्फ
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई विदेश भ्रमणमा गएको हो ।
आइतबार १० जनाको भ्रमण टोलीसहित शाक्य चीनको ल्हासा र छेन्दु सहरको भ्रमणमा गएका हुन् । महानगरपालिकाका अनुसार उनीहरू नौदिने भ्रमणका लागि चीन गएका हुन् । भ्रमण टोलीमा नगरप्रमुख शाक्यकी धर्मपत्नी सुचिता शाक्य, वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी, नगरकार्यपालिका सदस्य रश्मि खड्का र हिरा पोखरेल, प्रशासन महाशाखाका निर्देशक गणेश थपलिया र अन्तर्रा्ष्ट्रिय सम्बन्ध सचिवालयका शाखा अधिकृत यम बस्याल, ललितकला प्रज्ञा प्रतिष्ठानका तर्फबाट धर्म शाक्य र सुष्मा राजभण्डारी रहेका छन् ।
कानुनतः जनप्रतिनिधिले विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र भ्रमणमा जानुपर्नेहुन्छ । तर, नगरप्रमुख शाक्यसहितको नगरपालिकाको जम्बो टोलीले सो कानुनी व्यवस्थाको खिल्ली उडाएका छन् । महानगरपालिकाले भने अनुमति लिएर नै भ्रमणमा गएको दाबी गरेको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोल नगरप्रमुखसहितको टोलीे ल्हासा सहरको निमन्त्रणालाई स्वीकार्दै त्यसतर्फ गएको बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
-
प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण