राजधानीको स्वयम्भूमा महिलाद्वारा आत्महत्या, शव पोस्टमार्टम गर्न लाग्दा बिबाद
काठमाडौं । राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् ।
तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तामाङले आत्महत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी लालध्वज सुवेदीले तामाङले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको बताए । उनले पोष्टमार्टमको रिपोर्ट पाएपछि थप खुल्ने बताए ।
श्रीमानसँग बस्दै आएकी तामाङको २ छोराछोरी छन् ।
घटना मोडिएपछि...
यता शान्तिको शव पोष्टमार्टमको लागि अस्पताल लगेपछि घटनाले अर्को मोड लिएको छ । शान्तिको आत्महत्याबारे घर पक्ष र माइती पक्षबीच अस्पतालमा सामान्य झगडा समेत भएको प्रहरीले जनाएको छ ।
डीएसपी सुवेदीले शान्तिको आत्महत्याबारे माइती पक्ष र घर पक्षबीच जलाउने सहमति भएपनि अस्पतालमा झगडा परेपछि घटनाले अर्को मोड लिएको हो ।
शान्तिका श्रीमानको नाताले भान्जी पर्ने पवित्रा तामाङले शान्तिलाई हामी २÷३ जना मिलेर मारेको भनेको माइती पक्षको आरोप छ ।
सहमतिको लागि प्रहरी चौकीमा जाँदा समेत प्रहरीले भान्जी पवित्रा र उनीसँग गएका अर्का एक युवकलाई भगाएको आरोप माइती पक्षले लगाएकोा छ ।
तर, यस विषयमा डीएसपी सुवेदीले भगाएको भनि लगाएको आरोप झुठो रहेको बताए । डीएसपी सुवेदीले भने, ‘उनीहरु विरुद्ध किटानी जाहेरी पनि परेको छैन । समात्ने आधार पनि केही छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण