प्रचण्डलाई ओलीको ‘सर्प्राइज प्रस्ताव’
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन प्रस्ताव गरेका छन् ।
स्रोतका अनुसार अध्यक्ष ओलीले प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन र पार्टी एकता गर्नुपूर्वको सहमति अनुसार प्रधानमन्त्री छाड्नसमेत तयार भएका छन् ।
शुक्रबार सचिवालय बैठक बस्नुपूर्व दुई अध्यक्षबीच भएको भेटमा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् । स्रोत भन्छ - ‘पार्टी तपाइले चलाउनुस् र हाम्रो पूर्व सहमतिअनुसार प्रधानमन्त्री पनि तपाई बन्नुस्, म छोड्न तयार छु ।’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई भनेका थिए ।
अध्यक्ष ओलीको यो प्रस्तावसँगै अध्यक्ष प्रचण्ड स्कूल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिन तयार भएका हुन् । नेकपामा सुरुदेखि नै एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टी चलाउनुपर्ने बहस चल्दै आएको थियो ।
तर अहिले प्रधानमन्त्री ओलीले नै पार्टी चलाउनुस् भन्ने प्रस्तावलाई आश्चर्यका रुपमा हेरिएको छ ।
यद्यपि, यसबारे प्रधानमन्त्री ओली भदौ पहिलो साता सिंगापुरमा स्वास्थ्य उपचार गरेर फर्केसँगै ठोस निर्णय हुने बताइएको छ ।
यो प्रस्तावमा सहमति भए प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष बन्नेछन् ।
यस्तै अध्यक्षद्वयको निर्णयसँगै वरिष्ठ नेताको मर्यादाक्रममा पहिलो वरियता रहेका नेता माधवकुमार नेपाललाई हटाएर दोस्रो वरियतामा रहेका नेता झलनाथ खनाललाई ल्याउने प्रस्ताव पनि अघि सारिएको छ ।
अध्यक्षद्वयको यो निर्णयसँगै वरिष्ठ नेता नेपाल भने असन्तुष्ट बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण