ब्राजिलमा बन्धक बनाइएका सबै नागरिक सकुशल रिहा

रियो द जनेरियो- ब्राजिलको पर्यटकीय शहर रियो द जनेरियोमा बन्धक बनाइएका सबै बस यात्रु सकुशल रिहा भएका स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागी अपहरणकारीको मृत्यु भएको छ ।
एक प्रहरी अधिकारीले भने, “प्रहरीले अपहरणकारीको पञ्जाबाट बन्धक नागरिकलाई करिब चार घण्टाको अथक प्रयासपछि नियन्त्रणमा लिन सफल भएको छ ।” प्राप्त पछिल्लो जानकारी अनुसार अपहरणकारीले ३१ जनालाई बन्धक बनाएको भएपनि चार महिला र दुई पुरूष तत्काल भाग्न सफल भएका थिए भने बाँकी २५ जनालाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा गोली लाग्दा मृत्यु भएको प्रहरीले बताएको छ । बन्धक बनाइएका कुसैलाई पनि कुनै चोट नलागेको र उनीहरूलाई अहिले आफन्तको साथ लगाएर पठाउने तयारी भइरहेको ब्राजिलको प्रहरीले बताएको छ । एक बन्दूकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलीयाली अधिकारीले बताएका यस पहिले एएफपीले दिएको जानकारीमा उल्लेख थियो । सिन्ह्वा/photo-Joe.ie
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसमा पुल भत्किएर रेल्वे ट्र्याकमा खस्दा ७ जनाको मृत्यु
-
'जन्ते बाख्रो साँझ'मा महेश र अस्मिताले नचाए दर्शक
-
अमेरिकाले इरानलाई पठायो आणविक सम्झौताको प्रस्ताव
-
सुनचाँदीकै मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
नेवार समुदायले इनार, पोखरी र ढुंगेधारा सफा गरी मनाए सिथि नखः पर्व (तस्बिरहरू)
-
ओखलढुंगामा अख्तियारको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ अभियान