निकुञ्जभित्रका दुर्लभ जन्तुको सुरक्षा चुनौती बढ्दै
पर्सा– पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दै गएपछि यसको सुरक्षा चुनौती बढ्दै गएको छ । पथलैया अमलेखगञ्ज क्षेत्रमा रहेको निकुञ्जको ‘कोर’ क्षेत्रमा राजमार्ग भएकाले सवारी साधनको आवागमन अत्यधिक भएकाले सवारी साधनको ठक्करबाट मृत्यु हुने क्रम बढ्दै गएकाले यसको सुरक्षा चुनौती बढ्दै गएको हो ।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सवारी साधनको ठक्करबाट ४७ वन्यजन्तुको मृत्यु भएको छ । ठक्करबाट दुर्लभ पाटेबाघ एक, जरायो एक, चित्तल १८, बँदेल १५, इन्देन सिभेट एक, सुनगोहोरो एक, बाँदर सात गरी ४७ जनावरको मृत्यु भएको छ ।
यसैगरी गत आव २०७४/७५ मा सवारी साधनको ठक्करबाट सडक दुर्घटनामा परी ३७ जनावरको मृत्यु भएको थियो । निकुञ्जको मध्य भागबाट राजमार्ग गएकाले सवारी साधनहरु अत्यधिक गतिमा गुड्ने गरेकाले जनावरहरुको आवागमनमा नकारात्मक असर परिरहेको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अशोककुमार रामले राससलाई बताए ।
निकुञ्ज प्रशासनसमक्ष सबभन्दा ठूलो चुनौतीका रूपमा रहेको जनावरहरु सडक दुर्घटनामा मर्ने क्रमलाई रोक्न चालकहरुलाई सचेत गराउने, पर्चा, पम्प्लेट र स्टिकर वितरण गरी चेतना फैलाउने काम शुरु भएको बताइएको छ ।
त्यसैगरी निकुञ्जभित्र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएपछि १६ किलोमिटर सोलार फेन्ट तारबार गरिएको छ । उक्त सौर्य तारबारमा प्रत्येक तीन सेकेण्डमा करेन्ट प्रवाह हुने गरेकाले यसबाट मानव र वन्यजन्तु बीचमा हुने द्वन्द्व केही मात्रामा कम भएको बताइएको छ ।
हाल निकुञ्जभित्र पाटेबाघ १८, गौरीगाई १०५, हात्ती ४५ र गैँडा सात वटा रहेका छन् । पथलैयादेखि अमलेखगञ्जसम्म सात किलोमिटर क्षेत्रमा पेट्रोलियम पदार्थको पाइपलाइन गाडिएकाले बाटो फराकिलो हुँदा सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने क्रम कम भएको निकुञ्ज प्रशासनले जिकिर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नार्कमा ४६ प्रतिशत दरबन्दी रिक्त
-
सञ्चालनमा आयो नेपालगन्ज एकीकृत जाँच चौकी, २ ट्रक प्लाइउड भारत निर्यात
-
म्याडोनाको फ्रि कन्सर्टमा १६ लाखभन्दा बढी दर्शक
-
मनीषा भन्दा अगाडि रेखालाई अफर भएको थियो ‘हीरामन्ड’मा मल्लिका जानको भूमिका
-
मेडिकल शिक्षामा दिइने छात्रवृत्तिबारे अध्ययन गर्न कार्यदल गठन गरिने
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र