अफगानिस्तानमा हवाई कारबाही, बीस तालिबानको मृत्यु
बिहीबार, ०५ भदौ २०७६, १७ : १६
एजेन्सी– अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको छ । अफगानिस्तानको हवाई सैन्य बलले सो कारबाही गरेकोे अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा ती तालिबानमाथि हमला भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उक्त क्षेत्रमा रहेको तालिबानहरुको आश्रयस्थलका साथै उनीहरुका अन्य आवश्यक सामग्रीहरु पनि सो कारबाहीका क्रममा नष्ट गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानका ३४ प्रान्तमध्ये बाल्ख पनि तालिबानहरुको सबैभन्दा धेरै तालिबानहरुको प्रभाव रहेको क्षेत्रमा पर्ने गर्दछ । त्यसैले सो क्षेत्रमा अफगान सेनाले बारम्बार सैन्य कारबाही गर्ने गरेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण