पत्रकारको मूल्याङ्कन पाठकले गर्छन् : अध्यक्ष आचार्य
विराटनगर - नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले नागरिक भन्दामाथि कोही पनि नभएकाले पत्रकारको मूल्याङ्कन पाठक, स्रोता र दर्शकले गर्ने बताएका छन् । महासङ्घ मोरङशाखाद्वारा आज यहाँ आयोजित ‘नागरिकको दृष्टिकोणमा मिडिया पुष्पोषण’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सञ्चारकर्मीले आफूभित्रका कमी कमजोरी सच्चाएर समाजप्रति जवाफदेहि भएर कार्य गर्नुपर्नेमा जोड दिए ।
पत्रकारहरुले राष्ट्रहित, लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव रहनुपर्ने स्पष्ट पार्दै उनले सामाजिक सञ्जालको प्रयोग पत्रकार आचारसंहित पालना गर्दै गर्नुपर्ने धारणा व्यक्त गरे ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले पत्रकारितामा राजनीतिको घुसपैठ हुननहुनेमा जोड दिए । महासङ्घका प्रदेश अध्यक्ष विक्रम लुइँटेलले पत्रकारितामा अनुशासन कायम गरेमा सही गन्तव्यमा पुग्न सकिने भएकाले यसमा रहको संकिर्ण मानसिकता हटाउनुपर्ने बताए ।
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले मिडियालाई नियन्त्रणमा नराखी खुल्ला गर्नुपर्ने बताउँदै सम्मुन्नत मूलुक निर्माणमा यसको भूमिका महत्वपूर्ण रहेकामा जोड दिए ।
महासङ्घका जिल्ला अध्यक्ष बन्धु पाखेरेल, महासङ्घका झापा अध्यक्ष तारामणि सापकोटा, नेपाली काङ्ग्रेस मोरङका सचिव नागेश कोइराला, वुद्धिजीवी दिनेश श्रेष्ठलगायतले पत्रकारिता क्षेत्र मर्यादित हुनुका साथै अनलाइन मिडिया व्यवस्थित गर्न नियमन आवश्यक रहेको धारणा व्यक्त गरे ।
महासङ्घ केन्द्रीय समितिले नागरिकका आवश्यक सुझाव तथा धारणा लिन प्रदेश नं १ र २ मा यस प्रकारका गोष्ठी आजदेखि शुरु गरेको कोषाध्यक्ष राजेश मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण