नरेन्द्र मोदीले ऐतिहासिक गल्ती गरेः इमरान खान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामलामा राष्ट्रलाई सम्बोधन गरेका छन् । उनको सम्बोधनका मुख्य अंश बीबीसी हिन्दीले प्रकाशित गरेको छ जुन यसप्रकार छन्ः
– आरएसएसले भारतलाई हिन्दु राष्ट्र बनाउन चाहन्छ र भारतले पनि आरएसएसकै पक्ष लिएर कश्मीर मामलामा कुरा गर्न पछि हटिरहेको छ ।
– नरेन्द्र मोदीको गल्तीका कारण कश्मीरीहरुले स्वतन्त्रताको एउटा ठूलो मौका पाएका छन् । भारतको यो कदमले कश्मीरको मुद्दा अन्तर्राष्ट्रिय मुद्दा बनेको छ ।
– सवा अर्ब मुसलमानले संयुक्त राष्ट्रले कश्मीरलाई मद्दत गर्छ कि गर्दैन भनेर हेरिरहेका छन् ।
– यदि यो मामला युद्धतर्फ उन्मुख हुन्छ भने दुबै मुलुक परमाणु शक्ति सम्पन्न मुलुक भएको याद गर्नुपर्छ । हामी कुनै पनि हदसम्म जानेछौं ।
– कश्मीरीहरु समस्यामा छन् र हामीले उनीहरुलाई सहयोग गर्नुपर्छ । म आफैंपनि कश्मीरको राजदूत बनेर संसार सामू उनीहरुको मुद्दा उठाउनेछु । २७ सेप्टेम्बरमा संयुक्त राष्ट्रमा संसारसामू कश्मीरको स्थितीबारे बताउनेछु ।
– म आएलगत्तै हिन्दुस्तानसँग कुरा गरेर कश्मीरको मुद्दा कुराकानीमार्फत् सुल्झाउने बताएको थिएँ । तर उनीहरुले नया कुरा सुरु गरिदिन्थे र पाकिस्तानमाथि कुनै न कुनै आरोप लगाउँथे । हामी सोच्यौं कि चुनाव आइरहेको छ त्यसकारण हामी पछि हट्यौं, त्यसपछि पुलवामा भयो । उनीहरुले यसका लागि हामीमाथि प्रत्यक्ष औंला उठाए ।
– हामीले सोच्यौं कि सायद चुनावपछि उनीहरु कुराकानीमा आउनेछन् । तर हामीले देख्यौं सक चुनावपछि उनीहरुले पाकिस्तानलाई प्रतिबन्ध गर्ने पुरा कोसिस गरे ।
– हिन्दुस्तानको सरकार संयुक्त राष्ट्रको प्रस्ताव, आफ्नो संविधान, नेहरुले जुन बचन दिएका थिए, ती सबका विरुद्ध गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण