मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

भाजपाको नयाँ राष्ट्रिय अध्यक्ष डिसेम्बरमा चुनिने

बिहीबार, १२ भदौ २०७६, २३ : ३१
बिहीबार, १२ भदौ २०७६

नयाँ दिल्ली-भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को नयाँ अध्यक्षको चयन आगामी डिसेम्बरमा हुने भएको छ । 

पार्टीका कार्यबाहक अध्यक्ष जेपी नाड्डाले निर्वाचनमार्फत् डिसेम्बरमा नयाँ अध्यक्षको चयन हुने बिहीबार जानकारी दिएका हुन् ।  

आउँदो अक्टोबर १० देखि ३० तारिखसम्ममा पार्टीको बुथस्तरीय निर्वाचन हुने तय भएको उनले बताए । 

पत्रकार सम्मेलनमा उनले भने, “जिल्ला समितिको निर्वाचन भने नोभेम्बरमा र राज्यस्थरको निर्वाचन त्यसपछि हुने तय भएको छ ।”

पार्टीको महाधिवेशन डिसेम्बर महिनामा गर्ने तयारी भएको उनले जानकारी दिए ।  अहिलेका अध्यक्ष अमित शाह केन्द्रीय गृह मन्त्री भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने भएको हो । उनी सन् २०१४ देखि पार्टीको अध्यक्ष भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप