समाजवादी पार्टीको तनहुँको अध्यक्षमा कृष्ण गुरुङ
शनिबार, १४ भदौ २०७६, २० : ३३
दमौली – समाजवादी पार्टी तनहुँको शनिबार दमौलीमा सम्पन्न भेलाले कृष्ण गुरुङको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
समितिमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट ५० र सङ्घीय समाजवादी पार्टीका तर्फबाट २५ सदस्य रहने व्यवस्था गरेको छ । जिल्ला समितिको सचिव र कोषाध्यक्ष मनोनित गर्न बाँकी रहेको सो पार्टीका केन्द्रीय सदस्य देवेन्द्र थापाले जानकारी दिए ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सो पार्टीका गण्डकी प्रदेश अध्यक्ष मोती रिजालले शपथ गराए थिए ।
पूर्वमन्त्री एवं सो पार्टीको केन्द्रीय सल्लाहकार समितिका संयोजक भीमप्रसाद गौतमले समाजवादी पार्टी नेपालको वैकल्पिक शक्तिको रूपमा उदय भएको बताए । केन्द्रीय सदस्य देवेन्द्र थापाले पार्टीको एकता प्रक्रियालाई मजबुत बनाउँदै पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण