सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीको तनहुँको अध्यक्षमा कृष्ण गुरुङ

शनिबार, १४ भदौ २०७६, २० : ३३
शनिबार, १४ भदौ २०७६

दमौली – समाजवादी पार्टी तनहुँको शनिबार दमौलीमा सम्पन्न भेलाले कृष्ण गुरुङको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

समितिमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट ५० र सङ्घीय समाजवादी पार्टीका तर्फबाट २५ सदस्य रहने व्यवस्था गरेको छ । जिल्ला समितिको सचिव र कोषाध्यक्ष मनोनित गर्न बाँकी रहेको सो पार्टीका केन्द्रीय सदस्य देवेन्द्र थापाले जानकारी दिए ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सो पार्टीका गण्डकी प्रदेश अध्यक्ष मोती रिजालले शपथ गराए थिए । 

पूर्वमन्त्री एवं सो पार्टीको केन्द्रीय सल्लाहकार समितिका संयोजक भीमप्रसाद गौतमले समाजवादी पार्टी नेपालको वैकल्पिक शक्तिको रूपमा उदय भएको बताए । केन्द्रीय सदस्य देवेन्द्र थापाले पार्टीको एकता प्रक्रियालाई मजबुत बनाउँदै पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप