मेरा बा पौरखी छन् मेहनती छन् यति मात्र होइन साहसी पनि जस्तोसुकै कठिन परिस्थिति होस् हाँसीहाँसी सहिदिन्छन् बा नथाक्छन् न भाग्छन् डटेर सामना गर्छन् हरेक चुनौती र समस्याहरू जीवनका लक्ष्य र गोरेटाहरू पछ्याइरहन्छन् अनवरत हरेक बिहानीमा हलगोरु नारेर खेतबारीमा दौडिने मेरा...