राजनीतिक नेतामा ‘लिडरसिप क्राइसिस’का आधा दर्जन कारण
‘लिडरसिप क्राइसिस’ । राजनीतिक नेतामा ‘लिडरसिप क्राइसिस’ रहेको बेलाबखत चर्चा हुने गर्छ । ३६ वर्षदेखि राजनीतिमा संलग्न नयाँ शक्ति पार्टी पूर्वप्रवक्ता डा. खिमलाल देवकोटा राजनीतिक नेतासँग ‘लिडरसिप क्राइसिस’ रहेको जिकिर गर्छन् । ‘राजनेता त भएनन् भएनन्,’ पूर्वसांसदसमेत रहेका नेता देवकोटाले दाबी गरे, ‘नेतासम्म भएनन् । उनीहरू ‘बाइमिस्टेक’ नेता भइदिए ।’
योजनाबद्ध राजनीतिमा नआएकाले विभिन्न राजनीतिक दलसम्बद्ध नेतामा ‘लिडरसिप क्राइसिस’ रहेको उनको भनाइ छ । राजनीतिक नेतामा ‘लिडरसिप क्राइसिस’ रहनुका कारण यस्तो छ ।
पहिलो कारण
‘हाम्रा नेताहरू निर्णय ठिकठिकै गर्छन्,’ उनले व्यंग्य गरे, ‘तर, ठीक समय बितिसकेपछि निर्णय गर्छन् । त्यसको अर्थ रहँदैन ।’ ठीक सयममा निर्णय गर्न नसक्नु भनेकै ‘लिडरसिप क्राइसिस’ हो । नेतृत्वले ठीक समयमा ठीक निर्णय गर्न सकेन भने अनर्थ हुन्छ ।
‘४० प्रतिशत सदस्य रहेको बेला संविधान बनाउनुपर्छ भन्दा माओवादीले हुन्न भन्यो । ४० बाट १४ प्रतिशतमा झर्दा संविधान जसरी पनि बनाउनुपर्छ भनियो,’ उनले उदाहरण पेस गरे, ‘जतिबेला संविधान बनाउनुपर्छ भनियो त्यतिबेला हुन्न भनियो, बनाउनुहुन्न भनेको बेला संविधान बनाइछाडियो ।’
दोस्रो कारण
राजनीतिक नेता राजनीति गर्ने भनेर योजनाबद्ध आएका होइनन् । ‘सबै बाइडिफल्ट नेता हुन् । लिडरसिपका लागि कोही ग्रुम भएका होइनन्,’ उनले गुनासो गरे, ‘लोकसेवा आयोग फेल भएर नेता भएका नै पटक÷पटक प्रधानमन्त्री भएका छन् । कोही घरव्यवहार चलाउन नसकेर, कोही व्यापार व्यवसाय डुबाएर, कोही जागिर नपाएर त कोही जागिरबाट निकालिएपछि नेता भएका छन् ।’ गर्दै जाउँ भोलि जे होलाहोला भनेर राजनीति गर्ने भएकाले नै ‘लिडरसिप क्राइसिस’ देखिएको हो ।
तेस्रो कारण
नेपाल राजनीतिक रूपमा स्वतन्त्र छैन । राजनीति गर्ने हो भने शक्तिकेन्द्रको आडभरोसा चाहिन्छ भन्ने जबरजस्त संस्कार बसेको छ । ‘त्यसो भएपछि समस्या हुन्छ,’ उनको मान्यता छ, ‘आफ्नो होइन, अर्काको सुरमा हिँड्ने प्रत्यक्ष तथा अप्रत्यक्ष संस्कार बनेको छ । त्यसले नेता बन्न दिँदैन । त्यो शक्तिकेन्द्रको फलोअरमात्रै बनिरहन्छ ।’
चौथो कारण
नेपालको ‘पोलिटिकल ट्रान्जिसन’ यथावत् छ । ‘ट्रान्जिसन मेनेज’ साँच्चैका नेताले मात्रै गर्न सक्छ । पुटिन, महाथिर महम्मद, ली क्वानले ‘ट्रान्जिसन मेनेज’ गर्न सकेकाले नेता भए । ‘त्यसो गर्न नसकेको भए आजको रूस नेपालभन्दा गएगुज्रेको हुन्थ्यो,’ नेता देवकोटाको बुझाइ छ, ‘त्यसैले ऊ अमेरिकासँग सिंगौरी खेल्न सक्ने भएको हो । नेपाल पनि त्यस्तै हुन्थ्यो, साँच्चैका नेता भइदिएको भए ।’
पाँचौं कारण
राजनीतिलाई नजानिदोपारामा पेसा÷व्यवसाय बनाइँदै छ । राजनीतिलाई रोजीरोटीसँग जोड्नबित्तिकै सम्बन्धित नेता इमानदार बन्न सक्दैन । ‘राजनीति उद्योगका रूपमा फस्टाउँदै गएको त छँदै छ,’ उनले दुःखेसो पोखे, ‘राजनीति अवैध धन्धा गर्ने वैधानिक संस्था बन्न पुगेको छ । यो डरलाग्दो संकेत हो ।’
हुन पनि हो, पछिल्लो समय व्यापारी कुनै न कुनै राजनीतिक दलसँग नजिक छन् । नजिकमात्रै होइन, खुलेर दलीय राजनीतिमा संलग्न छन् । ठुल्ठूला घरानका मानिस सांसद हुन रहर गर्छन् । उनीहरूले रहर पूरा गरेका छन् ? किन त्यस्तो रहर गर्छन् ? उत्तर सजिलो छ, ‘कालो धनलाई सेतो बनाउने सजिलो उपाय त्यही त हो ।’
छैटौं कारण
कसैको दबाबले ‘पोलिटिकल क्राइसिस’ होला कि नहोला ? ‘होला भन्न सकिन्छ,’ उनले सुझाए, ‘प्रतिबद्ध नेता हुने हो भने दबाब झेल्न सक्नुपर्छ । दबाब त नेताले झेल्ने हो नि । दबाबलाई चुनौनी दिने क्षमता हुनुपर्छ ।’
तर, मलाई प्रधानमन्त्री, मन्त्री बनाइदिनुपर्यो म तपाईंका सबै स्वार्थ पूरा गरिदिनेछु भनेपछि ऊ दबाबमा परिहाल्छ । केही पनि माग्दैन भने उसलाई कसैले दबाब दिँदैनन् । नेता जनता कि प्रभुको भर पर्ने प्रस्ट हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण