सवारी ज्यान मुद्धामा आर्थिक चलखेलको आशंकमा एसपी चन्दमाथि छानविन

दाङ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आर्थिक अनियमिततामा मुछिएका दाङका एसपी गणेश चन्दमाथि छानविन गर्ने भएको छ । सवारी ज्यान मुद्धामा आर्थिक चलखेलसहित बिभिन्न मुद्धाबारे सन्चारमाध्यममा आइरहेका समाचारका विषयमा प्रदेश प्रहरी कार्यालयले आन्तरिक छानबिन अघि बढाएको हो ।
सवारी ज्यान मुद्धाका अभियुक्तलाई मापसे गरेको अस्पतालको रिपोर्टमा देखिएकोमा प्रहरीले मापसे नगरेको अनुसन्धान प्रतिवदनमा हालेर अभियुक्तलाई उन्मुक्ति दिन खोजेको कुरा बाहिर खुलासा भएपछि प्रदेश प्रहरीले आफ्नो सकृयता बढाउदै एसपी चन्दमाथि छानबिन प्रकृया अघि बढाएको हो । गएको मंसिर २० मदिराले मात्तिएर पिकनिकबाट फर्किएको स्कार्पीयो गाडी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको थियो भने सोही गाडीमा सवार २ जना घाइते भएका थिए ।
दुर्घटनामा परेर घोराहिी उपमहानगरपालिका वडा नं. १७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको थियो । मदिराले मातेका चालकको लापरबाहीका कारण सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्द र तत्कालीन डिएसपी सुमित खड्काले बताएका थिए । तर, डिएसपी खड्का अहिले दाङबाट आफै सरुवा मिलाएर त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा गइसकेका छन् । घटनामा सोही ठाउँका ३६ वर्षीय उमाकान्त घिमिरे र घोराही १५ का ३६ वर्षीय समीर पन्त घाइते भएका थिए ।
घाइते अधिकारीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । मदिराले मातेर गाडि चलाउने पन्तको स्वास्थ्य परिक्षण गराउनेक्रममा अल्कोहल पोजेटिभ देखाएको थियो । तर, घाइते पन्त प्रारम्भिक उपचारपछि भागेर थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा राप्ती स्वास्थ्य प्रतिष्ठानले रिफर नगरेपनि भागेर गएका थिए ।
जिल्ला प्रहरी प्रमुख चन्दकै निर्देशनमा प्रहरीले पक्राउ नै गरेन । दुर्घटना लगत्तै प्रहरीले ब्यक्ति पक्राउ गरेको भए अल्कोहल पोजेटिभ देखिने भएपछि एसपी चन्दकै निर्देशनमा प्रहरीकै सेटिङमा कागजमा पक्राउ नदेखाइ घाइतेलाइ थप उपचारका लागि भन्दै कोहलपुर भगाइयो ।
दुर्घटनाग्रस्त भएर पूर्णरुपमा क्षति भएको गाडी घाइते घिमिरेको थियो । केही दिनको उपचारपछि घाइते भनिएका दुबै जना कोहलपुर अस्पतालबाट डिस्चार्ज भएपनि फेरि उपचारकै बहाना बनाएर पन्तलाई प्रहरीले हिरासतमा राखेन् । लामो समयपछि पन्त आफै हाजिर भएको बनाउन माघ ३ गते कोहलपुर प्रहरीमा उपस्थित भएका थिए । त्यसपछि कोहलपुर प्रहरिबाट अड्डासार गर्दै माघ ४ गते मात्रै जिल्ला प्रहरि कार्यालय दाङमा पन्तलाई ल्याइयो ।
अड्डासार्दै दाङ ल्याएपछि प्रहरीले पन्तको स्वास्थ्य परिक्षण गर्दा मादकपदार्थ सेवन नगरिएको देखिएको कागज प्रहरीले अनुसन्धान प्रतिवेदनमा पेश गरेर घटनाबाट उन्मुक्ति दियो । करिब १५ दिन प्रहरी हिरासतमा बसेपछि प्रहरिले माघ २२ गते दाङ देउखुरी जिल्ला अदालतमा पेश गरेको थियो । यस विषयमा प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको लुम्बिनि प्रदेश प्रहरी कार्यालयका डिआइजी रबिन्द्र बहादुर धानुकले बताए ।
शैलेश थापा श्रेत्री आइजिपी बनेपछि प्रहरी प्रधान कार्यालयले आर्थिक लेनदेनमा संलग्न प्रहरीमाथि कारबाही गर्दै आएको छ। सवारी ज्यान मुद्दाको बारेमा एसपी चन्दले बदनियत खुल्ने डरले मुद्धा फाटका प्रहरी निरीक्षक महेन्द्र सेनलाई हटाएर अहिले सो फाटमा नयाँ प्रहरी निरीक्षक ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न