‘शिला गजब छ’ भन्दै देखिइन् अभिनेत्री प्रिया
काठमाडौं – अभिनयबाट हराएकी अभिनेत्री प्रिया रिजाल फेरि अभिनयमा देखिदै छिन् । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘सकस’को आइटम गीतमा उनको नै अभिनय देख्न सकिन्छ ।
केशव जोशी ‘आकाश’को शब्द तथा जुनु रिजालको स्वर रहेको ‘शिला गजब छ’ गीतमा चेतन सापकोटाले संगीत दिएका छन् । गीतमा प्रियाका अलवा अभिनेता सुन्दर श्रेष्ठ, प्रज्वल गिरी लगायतका कलाकार माथी फिचरिङ गरिएको छ ।
दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको ‘सकस’का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डाँगी हुन् । हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन चलचित्रमा रहेको छ ।
राजधानीमा हुने गरेको गुण्डागर्दीको कथावस्तुमा आधारित यो चलचित्र एनवी महर्जनले निर्देशन गरेका हुन् । विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण