प्रसङ्ग त्यति बेलाको हो जति बेला व्यासजी र गणेशजीबीच महाभारतको कथा भन्ने र लेख्ने क्रम चलिरहेको थियो । व्यासजी भन्थे गणेशजी भन्न भ्याएका हुन्न भुर्जपत्रमा उतारिसक्थे । जब अन्तिम श्लोक पनि भन्ने र लेख्ने काम
धर्मपिता कण्वसँग शकुन्तलाको ठुलै ठाकठुक पर्यो । कण्व देवराज इन्द्रको ब्रह्महत्याको दोषका कारण नछुनी बार्नुपर्छ भन्थे शकुन्तला एउटाले गरेको पाप अर्कोले किन बोक्ने भन्थिन् । कण्व धर्मशास्त्रको हवाल दिन्थे शकुन्तला...
जीवनमा विद्याको कति बढी महत्त्व हुन्छ भन्ने सबैलाई थाहा छ । धन र विद्या कुन ठुलो भनेर सोध्ने हो भने प्रायः सबैले विद्या नै ठुलो भन्ने गरेका हुन्छन् । धन...
नीतिशास्त्र भन्छ ‘सङ्र्गजा दोष गुणा भवन्ति’ अर्थात् संसर्गले दोषलाई गुणमा र गुणलाई दोषमा परिणत गर्छ, गर्न सक्छ, गरिदिन्छ । संसर्ग भनेको सङ्गत हो । सङ्गतमा ठूलो शक्ति हुन्छ । उसले...
अरूलाई सहयोग गर्नेलाई भगवान्ले पनि सहयोग गर्छन् । त्यस्तै असहयोग गर्ने, पाएसम्म ठगठाग गर्नेले भने भगवान्को तर्फबाट ठगिनुपर्छ । यही नै सनातन वा दैवी नियम हो । भाइबहिनीहरूका जानकारीका लागि...
सेवा गर्न र सहयोग गर्न धन नै हुनुपर्छ भन्ने छैन । हिजोआज त यसका लागि पदको समेत खोजी गर्ने गरिन्छ । सेवा गर्नकै लागि पद चाहिएको भनिन्छ र यसैका लागि...
मानिसलाई ढाँट्न सकिए पनि भगवान्लाई सकिन्न । जति नै गोप्य तरिकाले ढाँटेको भए पनि भगवान्ले थाहा पाएर हिसाब किताव राखेका हुन्छन् र मौका आउनासाथ हिसाब राफसाफ गर्न लगाउँछन् । भाइबहिनीहरूका...
संसारमा जे रोपिएको छ त्यस्तै फल्छ । अहिलेसम्म एउटा चीज रोपेर अर्को फल प्राप्त भएको उदाहरण कतै भेटिएको छैन । फरक यति हो राम्रो काम गर्नेले राम्रै फल पाउँछन् नराम्रो...
नेपालीमा एउटा भनाइ छ लोभले लाभ, लाभले विलाप । जुन चीजमा लोभ गरियो थियो त्यो प्राप्त भो लाभ भयो तर दिगो भएन । तत्कालै जसरी आएको थियो त्यसैगरी गयो ।...
धेरै पहिलेको कुरा हो । एउटा गाउँ नजिक ठूलो तलाउ थियो, जसको किनारमा रहेको जामुनको रुखमा एउटा बाँदर बस्ने गर्थ्यो । रुखसित उसको यति बढी लगाव थियो कि हमेसा छाड्दैनथ्यो...
साधु सन्तहरू भन्ने गर्छन् मानवसेवा नै माधवसेवा हो । नीतिशास्त्रले पनि ‘सेवा हि परमो धर्म’ भनेर सेवालाई नै जोड दिएको छ । जहाँ बालक, वृद्ध, बिरामी, अशक्त, असहाय, दुःखी, दरिद्री...
प्रसङ्ग महाभारतको हो । जतिबेला द्रौपदीसहित पाण्डवहरू स्वर्गारोहणको बाटामा थिए त्यतिबेला लेक लागेर सर्वप्रथम द्रौपदी ढलेकी थिइन् । उनी ढलेको देखेर सहदेवले त्यसको जानकारी दाजु युधिष्ठिरलाई गराए तर युधिष्ठिरले भने...
महापुरुषहरू परहित र परोपकारको चिन्तन गर्छन् । उनीहरू आफूमाथि जस्तोसुकै विपत्ति आइपरे पनि त्यसको परवाह गर्दैनन् तर परोहितका मामिलामा भने सास छउन्जेल लागिरहेका हुन्छन् । यस्तैमा राजा विक्रमादित्य पनि पर्छन्...
धेरै पहिले एउटा सहरमा एक सज्जन चिकित्सक दम्पती बस्थे । पति मेडिसिन विशेषज्ञ थिए पत्नी स्त्रीरोग विशेषज्ञ । उनीहरूको राम्रै चलेको अस्पताल थियो । धन सम्पत्तिको कमी थिएन । कमी...
संसार श्रद्धा र विश्वासमा टिकेको छ । जीवनमा यसले विशेष महत्व राख्छ । श्रद्धा र विश्वास विना कुनै पनि काम गर्न सकिन्न । श्रद्धा र विश्वास भए जतिसुकै ठूलो काममा...
जीवनमा एक्लो छु, असहाय छु, केही पनि गर्न सक्दिन भन्न थाले वास्तवमै केही पनि गर्न सकिन्न तर एक्लो छैन, गर्न सक्छु, साथमा कोही छन् नभए पनि भगवान् त पक्कै छन् ...
नीतशास्त्र भन्छ कुअन्न खानु हुँदैन, अन्यथा जीवन वार्बाद हुन सक्छ । यसो त अन्न आफैँमा कुअन्न हुँदैन । अन्न भनेको प्राण हो, प्राण कुप्राण हुने प्रश्नै आउन्न तर त्यही अन्न...
कतिपय मानिस पापको प्रशंसा गर्छन्, जहाँ पाप जहाँ फलिफाप भन्छन् र त्यस्तै काम रुचाउँछन् । उनीहरूले ठानेका हुन्छन् धर्मको बाटो गाह्रो मात्र छैन सितिमिति उन्नति र प्रगतिमा पनि हुँदैन तर...
अरूलाई अर्ती र उपदेश दिन सजिलै हुन्छ । यसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ, यस्तो गर्नु हुन्न त्यस्तो गर्नु हुन्न भन्यो भइहाल्यो तर जति बेला आफूलाई पर्छ त्यति बेला थाहा हुन्छ कि...
भनिन्छ बाबु र आमा देवता समान हुन्छन् । उपनिषद् शास्त्रले यही भनेको छ । नीतिशास्त्रले यही भनेको छ । धर्मशास्त्रले यही भनेको छ । धर्मगुरुहरूले यसै भनेका छन् । यसको...
प्रायः हामी अरूका बारेमा बढी नै जानकार हुन्छौँ, जानकारी राख्छौँ । फलानो यस्तो, ढिस्कानो उस्तो, फलानाले यसो ग¥यो, उस्तो भन्यो, ढिस्कानोले यस्तो ग¥यो, उस्तो भन्यो भन्छौँ तर आफ्नो बारेमा भने...
शिक्षा व्यावहारिक हुनुपर्छ अन्यथा जानेको बा बुझेको ज्ञान पुस्तकको ठेलीमै सीमित रहन्छ । परेको बेला काम दिँदैन, काम लिन सकिन्न । त्यसैले सैद्धान्तिक ज्ञान केवल ज्ञान मात्र हो भने व्यावहारिक...
नेपालीमा एउटा उखान छ– ‘जसले अङ्गार खान्छ उसैले कालो दिसा गर्छ ।’ यसलाई भाइ, बहिनीहरूले पनि सुनेको हुनुपर्छ । नसुनेका भए पनि मम्मी, बाबा, दाजु, दिदी तथा काका, काकीलाई...
कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो । चोट ठूलै थियो, रगत धेरै नै बग्यो । केही...
परापूर्वकालमा एउटा गाउँमा गरीब सज्जन बस्थे । गरीवीको कारण उनको जीवन कहालीलाग्दो नारकीय दुःखमा पिल्सिन विवस थियो । सन्तान धेरै थिए आम्दानी थिएन । घरमा न खाने दाना थियो न...
महारथी द्रोणाचार्यको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी कौरव र पाण्डवका गुरु हुन् भन्ने पनि धेरैले सुनेको हुनुपर्छ र महाभारत युद्धमा भीष्मको अवसानपछि उनैले कौरवपक्षको नेतृत्व गरेका थिए भन्ने...
मानव जीवन प्रकृतिको अनमोल वरदान हो, सितिमिति मिल्दैमिल्दैन । अनेक तारतम्य मिलेर मात्र सम्भव भएको हुन्छ । यद्यपि हामीलाई के लाग्न सक्छ भने शरीर त्यत्तिकै प्राप्त भएको हो । बाबु...
एकादेशमा एक जना व्यापारी थिए । व्यापारको शिलशिलामा विभिन्न स्थानमा जान्थे, नानाभाँतीका चलाखी गरी ठगी धन्दा चलाउँथे । छलकपट र धुर्त्याइँमा मानौँ विद्यावारिधि नै गरेका थिए । जस्तै मै हुँ...
धनी हुनु, धनसम्पत्ति कमाउनु, कमाउनसक्नु, ठूलो पदमा पुग्नु, पुग्नसक्नु, ठूलठूला सार्वजनिक पद ओगट्नु, ओगट्ने तरक्की गर्नसक्नु मात्र महान हुनुको लक्षण होइन । यस्तो काम त पहुँच हुने, पहुँच पु¥याउनसक्ने सबैले...
कथा निकै पुरानो हो । एउटा गाउँमा चोरको बिगबिगी थियो । दिनहुँ सानो ठूलो चोरीको घटना भइरहन्थ्यो । कहिले यता चोरी भयो भन्ने सुनिन्थ्यो कहिले उता । कहिले घर फोरिन्थे...
नीतिशास्त्र भन्छ शुभकार्य गर्न विलम्ब गर्नुहुँदैन र साइत पर्खनु पनि राम्रो होइन । यस्ता कार्य सकेसम्म भोलि गर्छु भनिएको भए आजै गर्नुपर्छ, भरे गर्छु भनिएको भए अहिले नै गर्ने प्रयास...
वेदमा एउटा कथा छ । प्राचिनकालमा नर्य, यदु, तुर्वीति र तुर्वस नामका राजा थिए । उनीहरूका पार्थिव शरीर र राज्य अलग अलग भए पनि मन, वचन र विचार एउटै थियो...
एकादेशमा मकरध्वज नामका राजा थिए । उनको नाम जति राम्रो थियो स्वभाव ठीक विपरीत । सनकाहा थिए, जे मन लाग्यो त्यही गर्थे, गर्न लगाउँथे । उनको व्यवहारबाट दरबारमा सबै हैरान...
सुर र असुरहरूका नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । वैदिक सनातन संस्कृतिमा दुई सम्प्रदाय छन्, जसमा सुर र असुर पर्छन् । यीमध्ये सुर सम्प्रदायमा देवताहरू पर्छन् भने असुर सम्प्रदायमा दानवहरू...
परापूर्वकालको कुरा हो । एकपटक देवराज इन्द्रले महर्षि दध्यङ् आथर्वण समक्ष गएर आत्मज्ञान सम्बन्धी शिक्षा पाउन आग्रह गरे । महर्षिले आगन्तुकतर्फ हेर्दैनहेरी भने– ‘शिक्षा त दिउँला नै पहिले यो...
आफूहरूभन्दा अनुसूया ठूली सती नारी हुन् भनेको सुन्दा त्रिदेवी (सावित्री, लक्ष्मी र पार्वती) ले सहन सकेनन् । आफूहरूभन्दा ठूला सती नारी संसारमा कोही छैन भन्ने उनीहरूको घमन्ड थियो तर यहाँ...
कसैले कुनै गर्यो भने सजायको सट्टा माफी दिनुलाई क्षमा भनिन्छ, जसलाई धर्मशास्त्रले ठूलो धर्म मानेको छ । क्षमा दुई किसिमको हुन्छ । शक्ति नभएर दिने क्षमा र शक्ति भएर पनि...
कतिपय मानिसमा अरूको उपहास गर्ने बानी हुन्छ । हिजोआजक सायद यसलाई प्र्याङ गर्ने भनिन्छ क्यारे । अरूको उपहास गर्दा गर्नेलाई एकछिन मजै होला, मजा हुने भएर नै गरेका होलान् तर...
धेरै पहिलेको कुरा हो । गर्मीको मौसम थियो । घामको प्रचण्ड तापका कारण त्यस्तै नपरी कोही पनि बाहिर निस्कँदैनथे । निस्कनै परे पनि पूर्ण बन्दोबस्तीका साथ धूपबाट बच्ने उपाय गरेर...
धेरै पहिलेको कुरा हो । एकपटक एउटा स्याल निकै थलियो । कुकुरलाई झम्टँदा लडेर शरीरमा लागेको चोट निको हुनै हप्तौं लाग्यो । बिस्तारै शरीरको घाउ त निको भयो तर भोकको...
पाखाभरि कपासका बिरुवा लगाइएको थियो । कपासका ती बिरुवा फुलेर फक्रँदै थिए । तिनीहरूमध्ये एउटा सानो भर्खरै फक्रँदै गरेको कपास असाध्यै सुन्दर थियो । आफ्नो सुन्दरतामा मख्ख थियो । अत्यन्तै...