यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ । अन्तिम तयारी भएको र फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम सुरु गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आबश्यक हुने भएकोले यसकोे सम्भाव्यता थालिएको नेपाल आयल...
आज फागुन ९ गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको अडियो स्क्यान्डल र उनको राजीनामाको समाचारले प्राथमिकता पाएका छन् । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले...
मकवानपुरको मनहरी गाउँपालिकाले दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति पाएको छ । मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी पारित गराएको दुई वर्षपछि बल्ल उत्खनन्को लागि अनुमति पाएको...
सुरक्षाको कारण देखाउँदै सप्तकोसी नदीमा सञ्चालित मिनी पानीजहाज (जेटबोट) बन्द भएपछि यात्रुहरु मारमा परेका छन् । दिनभरी हिँड्नुपर्ने पैदल तथा बसमा घण्टौं यात्रा गर्नुपर्ने अवस्थालाई जेटबोटले १५–२० मिनेटमा झारेको...
विदेशी राहदानी तथा नेपालको भिसाको विवरण आफूखुसी सच्याएमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपियाँसम्म जरिवाना हुने गरी सरकारले अध्यागमनसम्बन्धी नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । यस्तो कसुरको जरिवाना...
बाँकेको नरैनापुर गाउँपालिकाका खलिल बेहना जग्गा बिक्री गर्न नेपालगन्ज मालपोत कार्यालय धाउन थालेको बिहीबार चार दिन भयो । तर उनको जग्गा अझै पनि किन्ने मानिसको नाममा रजिस्ट्रेसन पास हुन सकेको...
लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्ष्भित्र सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्ष्भित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई...
बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ । पछिल्लो समय शेयरबजार सुधारको बाटोमा जाँदा बिहीवार रू। २ अर्ब ७८ करोडभन्दा बढीको कारोबार भयो । यस...
दशकौंदेखि अलपत्र रहेका अधिकांश रुग्ण आयोजनाको म्याद थप र कार्यान्वयनमा अझै अन्योल देखिएको छ । आधा दर्जन विकासे मन्त्रालयरविभाग र प्राधिकरणमार्फत सञ्चालन भएका तर रुग्ण रहेका ४० अर्ब ३६ करोड...
योगगुरु रामदेव ‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ नेपाल आउने भएका छन् । करिब एक हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति र...
आज फागुन ८ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादले प्राथमिकता पाएका छन् । त्यस्तै कोरोनाभाइरससम्बन्धी समाचार, चिनियाँ दूतावासको टिप्पणी लगायतबारे पनि समाचारहरु...
नेपालको विभिन्न भागका निर्माण कार्यको ठेक्का लिई लामो सयमसम्म विकास निर्माण कार्य अलपत्र पारेको भन्दै विभिन्न ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो...
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको...
सरकारले विकासका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारी भने सङ्घमा केन्द्रित भएका छन् । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीको रोजाइ सङ्घीय कार्यालय हुँदा स्थानीय तहमा गएको बजेट...
चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युत् नियमन आयोगले प्रक्रिया अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले पेस गरेको विद्युत् महसुल प्रस्तावमा सर्वसाधारणको प्रतिक्रिया लिन भन्दै आयोगले...
चीनमा फैलिएको कोराना भाइरस कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य बढ्न थालेको छ । चीन र अमेरिकाको व्यापारयुद्ध तथा अमेरिका र इरानबीचको तनावका कारण सुनको मूल्य महँगो हुँदै...
सरकारले १५ वर्षपछि नयाँ राष्ट्रिय हवाई नीति तयार गरेको छ । नयाँ हवाई नीति तयार पार्न गठित कार्यदलले ‘राष्ट्रिय हवाई नीति २०७६’ को मस्यौदा बुधवार पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेको छ...
गत आइतबार बिहान चीनको हुबेई प्रान्तबाट एक सय ७५ नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजले उद्धार गरेर नेपाल ल्यायो । उनीहरुलाई भक्तपुरको खरिपाटीमा राखिएको छ । नेपालमा रहेका अभिभावक चीनमा...
डेढ साताअघि पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृत फेला परिन् । घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गरेको छ । गम्भीर...
आज फागुन ७ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सार्वजनिक जग्गामा अनियमितता, प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण, चीनबाट फर्किएका नेपालीको अवस्था लगायतका समाचारहरु प्रकाशित छन् । प्रधानमन्त्री केपी...
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने एक युवकका बुबालाई कुटपिट गर्दै शौचालयमा थुनेका छन्। गाउँको नाला निर्माण काममा भइरहेको ढिलासुस्तीबारे...
सशस्त्र द्वन्द्वकालमा चर्चाको शिखरमा रहेका भैरवनाथ गणलगायतका ब्यारेकमा भएका भनिएका घटनाको अनुसन्धान गर्न बेपत्ता छानबिन आयोगले तत्परता देखाएको छ। सेना र विद्रोही पक्षको ब्यारेकभित्रका शंकास्पद घटनासमेत बाहिर ल्याइने दाबी आयोगको...
संघीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन पश्चात काठमाडौंको सिंहदरबार गाउँगाउँ आएको सरकारले दाबी गरे पनि अहिले स्थानीय सरकार भने कर्मचारी खोज्दै सिंहदरबार धाउन बाध्य भएका छन् । सिंहदरबारबाट काम गर्न...
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिन १ महिना मात्र बाँकी भए पनि उनी बिदामा नबस्ने भएका छन् । कार्यकाल समाप्त हुन १ महिनाअघि गभर्नर बिदामा बस्ने प्रचलन...
रोजगारीका लागि साउदी अरब गएका मध्ये सप्लाई र कन्ट्राक्टिङ कम्पनीमार्फत् काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलबसुविधा नपाउने गरेको पाइएको छ । साउदी अरबका अन्य रोजगारदातासँग काम गरिरहेका धेरै नेपाली...
नेपाली नागरिकले अब स्थलमार्ग हुँदै भारत गएर त्यहाँबाट साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई)लगायत मध्यपूर्वका नौ देशमा उड्न नपाउने भएका छन् । भारतको दिल्लीस्थित नेपाली राजदूतावासले हालै विज्ञप्ति जारी गर्दै...
सरकारले कार्यक्रम कार्यान्वयनको स्पष्ट खाका बनाउन नसक्दा दातृ निकायबाट प्राप्त हुनुपर्ने झण्डै २८ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहयोग रोकिएको छ । केपी ओली सरकारले निकै प्राथमिकता दिएको प्रधानमन्त्री रोजगार...
सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय अनुदानलाई आवश्यकता र औचित्यका आधारमा वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि स्थानीय र प्रदेशलाई प्रदान गर्ने अनुदान खर्चको आवश्यकता र...
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अन्य आर्थिक गतिविधिमा सुस्तता आएसँगै विश्वका लगानीकर्ता सुन बजारमा आकर्षित भएकाले सुनको...
केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आफ्नो आम्दानीको हैसियतभन्दा माथि पुगेर महँगो सवारीसाधन खरिद गरी राज्य कोषको ढुकुटी रित्याउन थालेपछि सरकारले गाडी खरिद प्रक्रियामा थप कडाइ गर्ने भएको छ । ...
देशमा विदेशीको हस्तक्षेप कुन हदसम्म छ भन्ने हालेैकै सरकारको एक निर्णयबाट थाहा भएको छ । पर्यटक भिसामा बसेर विभिन्न कम्पनीमा काम गर्ने विदेशीलाई गृह मन्त्रालयले कारबाही थालेपछि उनीहरुले आफूहरुलको मन्त्रिपरिषदबाट निर्णय...
नेपाल प्रहरीमा बेला –बेलामा गजबको गठबन्धन देखिने गरेको छ । अहिले पनि प्रहरीको नेतृत्वमा एउटा फरक खालको गठबन्धन बनेको छ । आफूहरुको ब्याज नै बर्बाद हुने अवस्था आएपछि चार...
आज फागुन ६ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकमा पूर्व सभामुख कृष्णबहादुर महराको सफाइ, चीनबाट फर्किएका नेपाली, सीमा क्षेत्रमा भारतीय हस्तक्षेप लगायत शीर्षकमा समाचारहरु प्रकाशित छन् । निमोनिया गराउने...
सर्वोच्च अदालतले सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडानको बाटो खोलेको २ महीना बितिसक्दा पनि यातायात व्यवस्था विभागले काम अघि बढाउन सकेको छैन । नम्बर प्लेटमा कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा सरोकारवाला...
कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ । रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन् । स्थानीय...
नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको...
राष्ट्रिय गौरव तथा प्राथमिकताप्राप्त पूर्वाधारका आयोजनामा पूँजीगत खर्च कम हुने समस्या काठमाडौं–तराईलाई जोड्ने ‘काठमाडौं–तराई द्रुतमार्ग आयोजना’मा पनि देखिएको छ । वार्षिक रूपमा उक्त आयोजनाका लागि सरकारले बजेट वृद्धि गर्दै...
पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ । समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगञ्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक...
२०७६ माघ २९ गते बिहानै रामेश्वर फुयाँललाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले फोन गरे– अपरान्ह ४ बजे तपाईंको शपथ छ । मन्त्रीका लागि तयार भएर आउनु होला । मुख्यमन्त्रीले...
नेपाली कांग्रेसमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रमा माग गर्दै आएका नेताहरुले हालै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई भेटको प्रसंग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । ...