सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
वृष
वृष राशि इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सोमबार, ०२ असार २०८२ को राशिफल

समाज तथा समुदायको हितमा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोजीमूलक क्षेत्रमा लगानी बढाउँदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइ कै सन्द्रर्भमा लामो दुरीको यात्रा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरूको सेवा गर्ने अवसर जुर्नेछ ।

धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिनेछ भने राम्रा काम गर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।  अध्ययनलाई थप  निखार्न सकिनेछ । आटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा स्थानान्तरणको योग रहेको छ । साताको अन्ततिर स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।

असार २०८२ को राशिफल

बृष राशि हुनेहरूका लागि सूर्य राशिमा  । बुध ९ गतेसम्म खर्च भावमा, १० गतेबाट राशिमा र २२  गतेबाट धन भावमा । शुक्र १७ गतेसम्म लाभ भावमा र १८ गतेबाट  राशिमा । बृहस्पति र शनि क्रमशः धन भावमा र लाभ भावमा, मङ्गल पराक्रम भावमा र सुख भावमा गोचर गरिरहेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना बृष राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । होटल, रिसोर्ट तथा शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिई आम्दानी बढाउन  सकिनेछ । औषधि, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

लाभ भावमा शनिको गोचर र पराक्रम भावमा मंगलको गोचरले पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । निर्माण सामाग्री तथा कन्स्ट्रक्सनको क्षेत्रमा काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् ।  तरपनि राशिमा सूर्यको प्रतिकुल प्रभावले उच्च रक्तचाप, टाउको दुखाई, कोलस्ट्रोल, दाँत, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ ।

२०८२ को राशिफल

वृष राशि हुने व्यक्तिहरूका लागी यो वर्ष बृहस्पति, शनि र राहुको गोचर शुभ रहने हुनाले परिस्थिति अनुकूल बन्ने तथा भाग्यले साथ दिनेछ । स्कुल, कलेज तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने विवाह गरि घरजम गर्न सकिनेछ । घर परिवारमा शुभ तथा माङ्गलिक कार्य हुने तथा सन्तान सुख पाइनेछ । लामो दूरीको धार्मिक यात्राको तय गर्न सकिनेछ । जन्म कुण्डलीमा बृहस्पति बलियो अवस्थामा हुनेहरूका लागी तार्किक क्षमतामा वृद्धि हुने तथा धार्मिक कार्य र कल्याणकारी काममा मन जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

Nabil bank

 पैतृक धन सम्पत्ति तथा प्राकृतिक स्रोत साधनको प्रयोगले आयस्रोत बलियो हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुति देखाउन देश विदेशको यात्रा गर्न सकिनेछ । समाजमा विशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ठ सम्बन्ध बनाई राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सरकारी नोकरीमा प्रवेश, पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने लामो समय देखिको विवाद अन्य हुनेछ । कम्प्युटर पार्टस्, इलेक्ट्रिक सामान, इन्जिन, हार्डवेयर, फ्याक्ट्री, फार्मेसी तथा उत्पादन मुखी व्यवसाय विगत भन्दा फस्टाएर जानेछ । राहुको शुभ प्रभावले ब्रोकर सम्बन्धी काम गर्नेहरूले यो वर्ष प्रशस्त धन तथा सम्पत्ति कमाउने योग रहेको छ । वैदेशिक व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पर्यटन, कमर्स, वकालत, मन्त्री, प्रशासनिक तथा सरकारी क्षेत्रबाट विशेष लाभ लिन सकिनेछ । गीत सङ्गीतमा विशेष रुचि हुनेछ भने फिल्म, मोडलिङ, फेसन डिजाइनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगति गर्ने तथा विलासी जीवन व्यतीत गर्न सकिनेछ ।

कार्तिक १२ गतेबाट मंसिर २३ गतेसम्म केन्द्रमा मंगलले रुचक नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले खनिज पदार्थको व्यापारमा वृद्धि हुने, वैदेशिक यात्राको काम तीव्र गतिमा अगाडी बढ्ने तथा सुरक्षा क्षेत्रमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ । विद्युत् प्राधिकरण, आयल निगम, आईटी तथा ईन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।

तर पनि केतुको अशुभ प्रभावले आमाको स्वास्थ्यमा समस्या आउने, परिवारजन तथा अग्रजहरूसँग विवाद बढ्ने, घरजग्गा सम्बन्धी काममा वा पैतृक सम्पत्तिमा किचलो हुने प्रबल सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसायबाट आंशिक लाभ हुनेछ । स्वास्थ्यका दृष्टिकोणका आधारमा वैशाख, जेठ, भदौ र पुस महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् । आर्थिक दृष्टिले साउन, कार्तिक, फागुन र चैत महिनामा विशेष लाभ हुनेछ ।