शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय
मिथुन
मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, हा
शनिबार, २० वैशाख २०८२ को राशिफल

अध्ययन तथा प्रतिस्पर्धामा तपाईंको नाम एक कदम अगाडि आउनेछ भने प्रतिस्पर्धीलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समयानुकुल चल्न सकिने हुनाले व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले लगानी गरी आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ ।

साताको सुरु र अन्तको सम्म राम्रो रहेकोले राजनीति तथा कल्याणकारी कामबाट समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार तथा सेयर बजारबाट आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले काम गर्दा सावधानी अपनाउनुहोला खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ ।

वैशाख २०८२ को राशिफल

मिथुन राशि हुनेहरूका लागि सूर्य राज्य भावमा । बुध २२ गतेसम्म राज्य भावमा, २२ गतेबाट २५ गतेसम्म भाग्य भावमा र पुनः राज्य भावमा । शुक्र ८ गतेसम्म कर्म भावमा र ९ गतेबाट भाग्य भावमा । बृहस्पति र शनि क्रमशः खर्च भावमा र भाग्य भावमा, मङ्गल २४ गतेसम्म राशिमा र २५ गतेबाट धन भावमा । राहु राज्य भावमा र केतु सुख भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन वा विश्लेषण गर्दा राज्य भावमा गोचर गर्ने सूर्यको शुभ प्रभावले नोकरीमा प्रवेश वा पदोन्नतिको गतिलो योग रहेको छ । प्रशासनिक तथा सरकारी क्षेत्रमा हुनुहुन्छ भने तपाईँकै वर्चस्व रहनेछ । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाइने हुँदा मन प्रसन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाका व्यापार महिनाभर नै उल्लेख्य मात्रामा वृद्धि हुनेछ । अनलाइन व्यापार  तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गर्न पाइनेछ ।  शुभ तथा माङ्गलिक काम वा भौतिक सम्पत्ति जोड्ने सवालमा ठुलो धन राशि खर्च हुनेछ ।  

विद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरूले आफ्नो प्रतिस्पर्धी हरूलाई हराउँदै अग्र स्थानमा तपाईँको नाम आउनेछ  । प्रेममा थप सामीप्य बढ्ने वा प्रेम सम्बन्धलाई विवाह गरी घरजम गर्ने सहमति प्राप्त हुनेछ । कर्म भाव र भाग्य भावमा महिनाभरै गोचर गर्ने बुधको प्रभावले लेखन कला तथा बाणिमा सुधार गर्दै उन्नतिका पाइला अगाडी बढाउन सकिनेछ । प्रविधि वा सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

अग्रज वा दिग्गज व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । काम वा अध्ययनको शिललिलामा लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । फिल्मी तथा मनोरञ्जनको क्षेत्रमा रुपैयाँ पैसा खर्च गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

तर पनि तेस्रो सातासम्म मङ्गलको गोचर धन भावमा रहने हुनाले रुपैयाँ पैसा सापटी वा लोनको रूपमा आफन्त तथा कुटुम्बलाई नदिनुहोला । सुख भावमा केतुको गोचरले सवारी साधनको प्रयोग गर्दा वा घरजग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

२०८२ को राशिफल

मिथुन राशि भएकाहरूका लागी वर्ष २०८२ सामान्य फलदायी रहनेछ । राजनीति गर्नेहरूले जनताको गतिलो समर्थन पाउनेछन् भने राज्यबाट पद पाउने अधिक सम्भावना रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो सम्भावना रहेको छ । व्यापार व्यवसायमा समय खर्चिनेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । घरजग्गाको खरिद बिक्रीबाट प्रशस्त नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । जोस जाँगर बढ्ने तथा इच्छाशक्तिमा वृद्धि भएर जानेछ । माया प्रेममा फक्रन लागेका कोपिलाहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गरि घरजम गर्न सकिनेछ । घर परिवारमा आफन्त तथा कुटुम्ब सबैको सहयोग तथा समर्थन पाइने हुनाले मन प्रसन्न रहनेछ ।

वर्षभरि नै भाग्य र राज्य भावमा भावमा गोचर गर्ने शनि र राहुको प्रतिकुल प्रभावले विभिन्न अवसर आए पनि आफ्नै कमजोरीले पछि परिनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँको विपक्षमा फैसला हुनेछ । लामो दूरीको यात्रा हुने तथा गन्तव्यमा पुगिसकेपछि परिस्थिति असहज बन्नेछ । मनमा पापीय मनोवृत्ति बढ्ने तथा अरुकै उक्साहटमा नराम्रो काम गर्दा सरकारी पक्षलाई दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । दाजुभाइसँग स्थायी सम्पत्तिमा विवाद हुने तथा सम्पत्ति बाँडफाँडको लागी अदालतको सहारा लिनु पर्ने हुनसक्छ । नोकरी वा व्यवसाय परिवर्तन हुने तथा परिवर्तित नोकरी वा व्यवसायबाट भनेजस्तो लाभ हुने छैन । साझेदारी व्यवसायमा साझेदारहरू बिच नै सैद्धान्तिक राय बाझिनेछ । जन्डिस, सुगर, मोटोपन, पत्थरी तथा मिर्गौला जस्ता रोगबाट पीडित हुनेहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाब सिर्जना हुनेछ ।

 वैशाख १२ गतेबाट ज्येष्ठ १७ गतेसम्म शुक्रले राज्यभावमा बसेर मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यबाट लाभ मिल्ने, नोकरीमा नढुवा वा सुगम स्थानमा स्थानान्तरण हुनेछ । गीत संगीत वा साहित्य क्षेत्रमा काम गर्नेहरूका लागी थाती रहेको काम पुरा गर्ने तथा यात्रा गर्ने अवसर जुर्नेछ । जेष्ठ २३ गतेबाट असार ९ गतेसम्म र भाद्र ३० गतेबाट असोज १५ सम्म बुधले केन्द्रमा बसेर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । साहित्य क्षेत्रमा बाकी रहेको कामहरूलाई तीव्रता दिन सकिनेछ । ईन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्चञ्ज, चार्टर एकाउन्टेन्ट, वाणिज्य, व्यापार, हास्य व्यङ्ग्य, चलचित्र क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ ।

शनिको नकारात्मक प्रभावबाट बच्नको लागी महाकाल तथा काली भगवतीको पूजा आराधना गरी पीपलमा जल चढाउँदा फाइदा हुनेछ । वर्षभरि राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार, कार्तिक, मंसिर तथा चैत्र महिना लाभदायक रहेको छ ।