आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
मकर
मकर राशि भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आइतबार, ०१ असार २०८२ को राशिफल

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधिको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ ।  व्यापार, वित्तीय क्षेत्र र उद्योगमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ ।

 

असजिलो परिस्थिति हुलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादन मूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला हुनेछन् । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा स्थानान्तरणको योग रहेको छ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । साताको अन्ततिर लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

असार २०८२ को राशिफल

मकर राशि हुनेहरूका लागि सूर्य सन्तान भावमा  । बुध ९ गतेसम्म सुख भावमा, १० गतेबाट सन्तान भावमा र २२ गतेबाट प्रतिस्पर्धा भावमा  । शुक्र १७ गतेसम्म पराक्रम भावमा १८ गतेबाट सुख भावमा । बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र पराक्रम भावमा, मङ्गल व्यापार भावमा र कष्ट भावमा गोचर गरिरहेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना मकर राशि हुनेहरूका लागी मिश्रित समय रहेको छ । सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । व्यापार र कष्ट भावमा मङ्गलको अशुभ गोचरको कारण सवारी साधनमा क्षति हुने तथा शत्रुको भए रहनेछ । बृहस्पतिको अशुभ गोचरले ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्नेछ ।

तरपनि महिनाभर नै बुध, शुक्रको अनुकूल प्रभाव रहनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । विदेशी समानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ । पराक्रम भावमा शनिको अनुकूल प्रभावले ठेक्कापट्टा, प्राकृतिक स्रोत साधन, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ ।

भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आंशिक आम्दानी गर्न सकिनेछ ।  अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । 

२०८२ को राशिफल

मिश्रित फलदायी वर्ष रहेको छ । वर्षको अधिकांश समय पराक्रम भावमा गोचर गर्ने शनिले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा, गाडी तथा इन्जिन सम्बन्धी कामबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी जागिर मा नियुक्ति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । टेक्निकल वा आइटीसँग सम्बन्धित काम वा शिक्षाबाट लाभ लिन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धवबाट भरपुर सहयोग पाइने तथा स्त्री वर्गबाट सहयोग पाइनेछ । लामो समयदेखि रोकिएर बसका काम सम्पादन हुने र मुद्दा आफ्नो पक्षमा फैसला हुनेछ । असोजको तेस्रो साताबाट पौष महिनाभर शनिको अन्त्य साढेसाती दशाको प्रभावले झुटा आरोप लाग्ने तथा मान सम्मानमा कमीको महसुस हुनेछ भने आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दूरी बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । रुपैयाँ पैसा सापटी दिँदा वा लगानी गर्दा ध्यान नदिए फस्न सक्छ । तर पनि जन्मकुण्डलीमा शनि उच्च, स्वगृह, मित्रगृह तथा कुण्डलीमा ३,६,११ भावमा भए शुभ फल पाइनेछ ।

वर्षको अधिकांश समय ऋण, रोग तथा शत्रु भावमा गोचर गर्ने वृहस्पतिको प्रतिकुल प्रभावले शत्रु बढ्ने तथा रोग लाग्ने समय रहेको छ । आम्दानीमा कमी हुने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरूले अनावश्यक दुख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ भने आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । आफन्त तथा मामाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । राजनीति तथा कूटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरूले जनताको समर्थन पाउन कडा मेहनत गर्नु पर्नेछ । जन्मथलो छोडेर लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

तर पनि वैशाख महिना र असोज तेस्रो साताबाट मंसिर महिनाभर वृहस्पतिको अनुकूल प्रभावले विद्यार्थीहरूका लागी समयले साथ दिने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने अध्ययनकै सवालमा देश विदेशको यात्रा हुनेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी वर्ष शुभ रहनेछ । स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैक तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । मिहिनेतहरूलाई आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । भाग्यले घरजग्गालगायत स्थायी सम्पत्ति दिलाउन सक्छ । उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ ।

वर्ष भरिनै धन भावमा केतुको गोचरले अचानक धन प्राप्ति भएता पनि रोग तथा शत्रुको सामना गर्नुपर्नेछ । कष्ट भावमा राहुको स्थानान्तरणले स्वास्थ्यमा बाधा, चोटपटक र अर्थहानी जस्ता समस्या देखा पर्न सक्छन् । उपलब्धि र भोगाधिकारलाई जोगाइराख्न पनि विशेष सजगता अपनाउनुपर्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न ।

कार्तिक १६ गतेबाट मंसिर ९ गतेसम्म शुक्रले राज्य भावमा गोचर गरि मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सवारी साधनको खरिद बिक्रीबाट आर्थिक उन्नति गर्न सकिनेछ । जग्गाजमिन तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । राज्यबाट सम्मान पाइने तथा आर्थिक उन्नति हुनेछ ।

महाकाल, हनुमान तथा काली भगवतीको पूजा तथा आराधना गर्नाले र शनिबार पीपलमा जल चढाउनाले शनिको दुष्प्रभावबाट टाढा रहन सकिन्छ । आर्थिक दृष्टिकोणले असार,कार्तिक, मंसिर र चैत्र महिना उत्तम रहेको छ ।