सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
मकर
मकर राशि भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
सोमबार, ०४ साउन २०८३ को राशिफल

व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । पुराना लगानी गरिएका रकमहरू उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केही समय शङ्का तथा अविश्वास गरे पनि अन्ततः विश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।  

साताको सुरु र अन्तको समय राम्रो रहेकोले सुखद समाचारले आजको दिन उत्साह पूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले काम गर्दा वा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । तर पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ ।

साउन २०८३ को राशिफल

मकर राशि हुनेहरूका लागी सूर्य र बृहस्पति व्यापार भावमा । बुध २० गतेसम्म प्रतिस्पर्धा भावमा र २१ गतेबाट व्यापार भावमा  । शुक्र १५ गतेसम्म कष्ट भावमा र १६ गतेबाट भाग्य भावमा । शनि पराक्रम भावमा । मङ्गल १७ गतेसम्म सन्तान भावमा र १८ गतेबाट प्रतिस्पर्धा भावमा गरिरहेका छन् । यो महिना बुध, शुक्र, शनि, बृहस्पति र मङ्गलको कारणले अल्झेर बसेका कामहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । सरकारी जागिरमा प्रवेश वा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ । उद्योग, शेयर बजार, शिक्षा, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । अनलाइन व्यापार तथा विदेशी निकायसँग समन्वय गरेर गर्ने कामबाट लाभ लिन सकिनेछ । तर पनि व्यापार भावमा गोचर गर्ने सूर्यले स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ । घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा बैमानस्यता पैदा हुनेछ । महिनाको दोस्रो सातासम्म सन्तान भावमा गोचर गर्ने मङ्गलको कारण दीर्घ रोगी तथा औषधीको प्रयोग गरिरहेकाहरूलाई गाह्रो पार्न सक्छ । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

२०८३ को राशिफल

मकर राशि हुनेहरूका लागि वर्ष २०८३ शुभ फलदायी वर्ष रहनेछ । वर्षको अधिकांश समय पराक्रम भावमा गोचर गर्ने शनिले भौतिक स्रोतसाधनको प्रयोगमार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा, गाडी तथा इन्जिनसम्बन्धी कामबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी जागिरमा नियुक्ति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । टेक्निकल वा आईटीसँग सम्बन्धित काम वा शिक्षाबाट लाभ लिन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धवबाट भरपूर सहयोग पाइने तथा स्त्री वर्गबाट सहयोग पाइनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सम्पादन हुने र मुद्दा आफ्नो पक्षमा फैसला हुनेछ ।

वर्षको अधिकांश समय देवगुरु बृहस्पति, राहु र केतु अनुकूल रहनाले व्यापार–व्यवसाय, शेयर बजार तथा उद्योगमा थप लगानी गर्ने वातावरण बन्नेछ भने प्रशस्त नाफा कमाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । माया–प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुसन्धानको क्षेत्र तथा पढाइलेखाइबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । रमाइलो पारिवारिक यात्राको अधिक सम्भावना रहेको छ भने व्यापार विस्तारको लागि अथवा धार्मिक तथा शिक्षाको लागि देश–विदेशको यात्रा गर्न सकिनेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि वर्ष शुभ रहनेछ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । भाग्यले घरजग्गा लगायत स्थायी सम्पत्ति दिलाउन सक्छ ।

भदौ १८ गतेबाट पुस १७ गतेसम्म शुक्रले केन्द्रमा गोचर गरी 'मालव्य' नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले मेहनतले घर–जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिनेछ । टाढिएका सन्तानहरूसँग भेट हुने तथा माता र मातृभूमिप्रति श्रद्धा बढ्नेछ । गीत–सङ्गीत तथा मोडलिङ क्षेत्रमा काम गर्नेहरूका लागि समय फलदायी रहनेछ । आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ । आर्थिक दृष्टिकोणले असार, कात्तिक, मङ्सिर र चैत महिना उत्तम रहेका छन् ।