घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
साताको सुरु र अन्तको समय राम्रो रहेकोले सानातिना समस्या देखिए पनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडी बढ्न सकिनेछ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार तथा शेयर बजार लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । धार्मिक तथा मनोरञ्जनात्मक यात्राको तय हुनेछ । परिवारका इच्छा, आकांक्षा तथा आवश्यकता पुरा गर्न सकिनेछ । मङ्गलवार र बुधबारको समय मध्यमय रहेकोले काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कम मात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला ।
मीन राशि हुनेहरूका लागी सूर्य सुख भावमा । बुध ८ गतेसम्म सुख भावमा, ९ गतेबाट सन्तान भावमा । शुक्र १४ गतेसम्म धन भावमा र १५ गतेबाट पराक्रम भावमा । बृहस्पति र शनि क्रमशः सुख भावमा र राशिमा, मङ्गल प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् ।
सुख भावमा महिनाभर सूर्यको प्रतिकुल प्रभावले छाती सम्बन्धी, श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ ।
तर पनि बुध, शुक्र, बृहस्पति र मंगलको अनुकूल प्रभावले निर्माण सामाग्री, अटो पार्टस् तथा कन्ट्रक्सनको क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । परिवार, साथीभाइ तथा भाइबहिनीको सहयोग प्राप्त हुनेछ ।
शनिको मध्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
मीन राशि हुनेहरूका लागी वर्ष २०८२ संघर्षका बाबजुद उपलब्धि हात पार्न सकिनेछ । वर्षभरि नै वृहस्पति शुभ रहनाले घर जग्गा तथा भौतिक सम्पत्ति जोड्न सकिनेछ । पैतृक सम्पत्ति आफ्नो नाममा आउने योग रहेको छ । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाई प्रस्तुत गर्ने अवसर जुर्नेछ । नाफामुखी व्यवसाय भन्दा सेवामुखी व्यवसाय फस्टाएर जानेछ । प्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । मौसमले साथ दिने हुनाले कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । प्रेम सम्बन्धहरूलाई विवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने घर परिवारमा माङ्गलिक कामहरू हुनेछन् । लेखन, कला तथा साहित्य क्षेत्रमा प्रगति हुनेछ । सबै खाले प्राविधिक पेसामा आफूलाई स्थापित गर्न सकिनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुने तथा लामो दूरीको धार्मिक यात्राको योग रहेको छ ।
वर्षभरि नै शनिको आद्य तथा मध्य साढेसातीको प्रभाव रहनेछ । चिना वा जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूले सवारी साधन वा भौतिक सम्पत्तिमा क्षति हुनेछ । आफन्त तथा साथीभाइबाट टाढिनू पर्दा मन खिन्न हुनेछ । अनावश्यक लाञ्छना लाग्नेछ । आफ्नो वा परिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । नोकरीमा घटुवा, दुर्गम स्थानमा स्थानान्तरण वा आलोचित हुने पर्ने र मनमा बेचैनले गतिलो डेरा जमाउनेछ । अवसरवादीहरूले नजिक भई आर्थिक अपचलन तथा गलत मार्गमा लगी फसाउन सक्छन् । काममा बाधा, गलत आरोप, मान हानी, पारिवारिक वा वैचारिक मतभेद, स्वास्थ्यमा समस्या तथा आर्थिक रूपमा कमजोर भएको महसुस हुनु जस्ता समस्याहरू आउन सक्छन् । घरपरिवारमा वा समाजमा वैचारिक मुद्दा नमिल्दा बसाई सराई तथा स्थानान्तरणको योग बन्नेछ । तर पनि जन्म कुण्डली वा चिनामा शनि स्वगृह, उच्च, निचभङ्ग र ३, ६, ११ भावमा भए शनिको आद्य साढेसातीले अधिक फाइदा हुनेछ । त्यस्तै खर्च भावमा राहुको गोचरले अधिक खर्च बढ्ने तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न । आँखामा समस्या आउने, ऋण तथा शत्रुको सामना गर्नुपर्नेछ ।
जेष्ठ २३ गतेबाट असार ९ गतेसम्म र भाद्र ३० गतेबाट असोज १५ सम्म बुधले केन्द्रमा बसेर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे नाफा कमाउन सकिनेछ । साहित्य लेखनमा बाकी रहेको कामहरू सकाई प्रकाशित गर्न सकिनेछ । हास्यव्यङ्ग्य क्षेत्रमा दर्शको मन जित्न सकिने तथा फिल्मी क्षेत्रमा स्थापित भई नाम र दाम दुवै कमाउन सकिनेछ । संवैधानिक अङ्गमा नियुक्तिको प्रबल सम्भावना रहेको छ ।
शनिको आद्य तथा मध्य साढेसाती तथा नकारात्मक प्रभावबाट बच्न महाकाल, हनुमान र काली भगवतीको दर्शन तथा पूजा गर्नाले र शनिबार पीपलमा जल चढाउनाले शनिदेवको नकारात्मक प्रभावबाट छुटकारा पाउन सक्नेछ । राहु र केतुको लागी बटुक भैरवको दर्शन गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ, भाद्र, पौष र माघ महिना उत्कृष्ट रहेको छ ।