माया प्रेममा नजिक हुने तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलासी सामानको प्रयोग गरी अरूको ध्यान तान्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । बैक तथा वित्तीय क्षत्रे र शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ ।
साताको सुरु र अन्तको समय राम्रो रहेकोले प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा शेयर बजार तथा व्यापारबाट प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ । मङ्गलवार र बुधबारको समय मध्यमय रहेकोले आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । पढाइ लेखाइमा कडा मेहनत गर्दा मात्र नतिजा हात पार्न सकिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कर्कट राशि हुनेहरूका लागि सूर्य लाभ भावमा । बुध ९ गतेसम्म राज्य भावमा, १० गतेबाट लाभ भावमा र २२ गतेबाट खर्च भावमा । शुक्र १७ गतेसम्म भाग्य भावमा र १८ गतेबाट राज्य भावमा । बृहस्पति र शनि क्रमशः खर्च भावमा र भाग्य भावमा, मङ्गल राशिमा र धन भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रहगोचरको अध्ययन वा विश्लेषण गर्दा यो महिना कर्कट राशि हुनेहरूका समय उत्तम रहेको छ । पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नोकरीमा प्रवेश पार्ईने तथा मान सम्मानमा वृद्धि हुनेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । बुध तथा राहुको अनुकूलताले शेयर बजार, उद्योग, निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । भाग्य भावमा शनिको शुभ गोचरका कारण सवारी साधनको मर्मत तथा खरिद बिक्री गर्नेहरूका लागी समय शुभ रहनेछ । खर्च भावमा बृहस्पतिको गोचरले शुभ कार्यमा खर्च हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी राज्यबाट पद प्राप्तिको योग रहेको छ ।
भाग्यले साथ दिने हुनाले प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । मन परेको मानिसबाट उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहकोछ । कर्मप्राप्ती वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ कार्यमा खर्च बढ्ने तथा शयन सुख प्राप्त हुनेछ । स्थाई सम्पत्ति जस्तै सवारी साधन, बिलासी सामान तथा घरजग्गा जोड्ने योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ ।
वर्षको अधिकांश समय खर्च भावमा वृहस्पतिको गोचर प्रतिकुल रहनेछ । आर्थिक क्रियाकलापमा मन्दी आउनेछ भने काममा अवरोध, तीव्र आलोचना, परिवारमा मतभेद रहनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । तर पनि वैशाख महिना र असोजको तेस्रो साताबाट मंसिर महिनाभरि लाभ भावमा गोचर गर्ने वृहस्पतिको शुभ प्रभावले प्रयत्न गर्दा इन्जिनियरिङ, दुग्ध पदार्थ, शोध, लेखन, कला तथा साहित्य, मनोरञ्जन, हास्य विधा, अध्ययन अध्यापन, योग ध्यान, अध्यात्मजस्ता क्षेत्रमा काम गर्नेहरूका लागी समय राम्रो रहेको छ । प्रेम सम्बन्धहरू विवाह बन्धनमा बाँधिने गतिलो योग रहेको छ । स्कुल, कलेज, कन्सल्टेन्सी, फार्मेसी, अस्पताल, ट्राभल एजेन्सी , तरल पदार्थ, हाइड्रोपावर, अनलाइन व्यापार, प्राकृतिक स्रोत साधनको व्यापार व्यवसायमा समय लगानी गर्नेहरूले नाफा कमाउन सक्नेछन् । सेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । उपहार तथा चिट्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पुरा हुनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तान सुख पाइनेछ । धन भावमा केतुको गोचर शुभ रहनाले मान सम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानको भाग्यमा अचानक वृद्धि हुने तथा धन सम्पत्तिमा बढोत्तरीको योग रहेको छ ।
वर्ष भरिनै कष्ट भावमा गोचर गर्ने राहुको प्रतिकुल प्रभावले गम्भीर रोग लाग्न सक्छ ध्यान दिनुहोला । सवारी साधनको प्रयोग ख्याल नगरे अप्रिय घटना नघट्ला भन्न सकिन्न । असोजको तेस्रो साताबाट पौष महिनाभर शनिको अढैया दशाको प्रभावले मुद्दा मामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना रहेको छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छ । साझेदारी व्यवसायमा साझेदारहरू बिच नै सैद्धान्तिक राय बाझिनेछ भने भौतिक सम्पत्तिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाब सिर्जना हुनेछ । लामो दुरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला । जन्मकुण्डलीमा शनि र राहु प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्या आइरहनेछन् । तर पनि जन्म कुण्डलीमा शनि स्वगृह, उच्च तथा ३, ६, ११ भावमा भए शनिको अढैया शुभ रहनेछ ।
कार्तिक १६ गतेबाट मंसिर ९ गतेसम्म शुक्रले सुख भावमा गोचर गरि मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सवारी साधनको खरिद बिक्रीबाट आर्थिक उन्नति गर्न सकिनेछ । जग्गाजमिन तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । फिल्मी तथा मनोरञ्जन क्षेत्रबाट आर्थिक उन्नति गर्न सकिनेछ ।
शनिको नकारात्मक प्रभावबाट बच्नको लागी महाकाल तथा काली भगवतीको पूजा आराधना गरि पीपलमा जल चढाउँदा फाइदा हुनेछ । वर्षभरि राहु तथा केतुको नकारात्मक फलबाट बच्न राहु केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले वैशाख, जेठ, असोज र पुस महिना अधिक शुभ फलदायी रहनेछ ।