मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
कर्कट
कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मङ्गलबार, ३० असार २०८३ को राशिफल

नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यवसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईँको गतिलो उपस्थिति रहनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

साताको समय राम्रो रहेकोले बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेको छ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न  सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् ।

असार २०८३ को राशिफल

कर्कट राशि हुनेहरूका लागी सूर्य लाभ भावमा । बुध १५ गतेसम्म लाभ भावमा, १६ गतेबाट खर्च भावमा । शुक्र २४ गतेसम्म लाभ भावमा र २५ गतेबाट खर्च भावमा । बृहस्पति १८ गतेसम्म खर्च भावमा र १९ गतेबाट राशिमा । शनि भाग्य भावमा । मङ्गल राज्य भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन वा विश्लेषण गर्दा यो महिना कर्कट राशि हुनेहरूका समय उत्तम रहेको छ । पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नोकरीमा प्रवेश पाइने तथा मान सम्मानमा वृद्धि हुनेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । बुध तथा शुक्रको अनुकूलताले शेयर बजार, उद्योग, निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । भाग्य भावमा शनिको शुभ गोचरका कारण सवारी साधनको मर्मत तथा खरिद बिक्री गर्नेहरूका लागी समय शुभ रहनेछ । खर्च भावमा बृहस्पतिको गोचरले शुभ कार्यमा खर्च हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी राज्यबाट पद प्राप्तिको योग रहेको छ । भाग्यले साथ दिने हुनाले प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । मन परेको मानिसबाट उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहको छ । कर्म प्राप्ति वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ कार्यमा खर्च बढ्ने तथा शयन सुख प्राप्त हुनेछ । स्थायी सम्पत्ति जस्तै सवारी साधन, बिलासी सामान तथा घरजग्गा जोड्ने योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ ।

२०८३ को राशिफल

कर्कट राशि हुनेहरूका लागि वर्ष २०८३ मध्यम फलदायी वर्ष रहनेछ । जेठ १८ गतेसम्म खर्च भावमा बृहस्पतिको गोचर प्रतिकूल रहनेछ । आर्थिक क्रियाकलापमा मन्दी आउनेछ भने काममा अवरोध, तीव्र आलोचना र परिवारमा मतभेद रहनेछ । स्वास्थ्यमा समस्या आई औषधोपचार खर्च बढेर जानेछ । वर्षभरि नै शनिको प्रतिकूल प्रभावले सवारी साधनको प्रयोगमा ख्याल नगरे अप्रिय घटना नघट्ला भन्न सकिन्न । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्नेछ । धर्म परिवर्तन वा धार्मिक कार्यबाट पछि हट्नुपर्ने बाध्यता आउन सक्छ । आफन्त तथा दाजुभाइसँग सैद्धान्तिक राय बाझिनेछ । मुद्दामामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना रहेको छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छन् । साझेदारी व्यवसायमा साझेदारहरूबीच नै सैद्धान्तिक राय बाझिनेछ भने भौतिक सम्पत्तिको छिनोफानो गर्न अदालतको सहारा लिनुपर्नेछ । लामो दुरीको कष्टकर यात्रा हुन सक्छ, ध्यान दिनुहोला ।

तर पनि जेठ १९ गतेबाट बृहस्पतिको शुभ गोचरका कारण इन्जिनियरिङ, दुग्ध पदार्थ, शोध, लेखन, कला तथा साहित्य, मनोरञ्जन, हास्य विधा, अध्ययन–अध्यापन, योग–ध्यान, अध्यात्म जस्ता क्षेत्रमा काम गर्नेहरूका लागि समय राम्रो रहेको छ । प्रेम सम्बन्धहरू विवाह बन्धनमा बाँधिने गतिलो योग रहेको छ । स्कुल, कलेज, कन्सल्टेन्सी, फार्मेसी, अस्पताल, ट्राभल एजेन्सी, तरल पदार्थ, हाइड्रोपावर, अनलाइन व्यापार, प्राकृतिक स्रोतसाधनको व्यापार–व्यवसायमा समय लगानी गर्नेहरूले नाफा कमाउन सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । उपहार तथा चिट्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पूरा हुनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तान सुख पाइनेछ । केतुको गोचर वर्षभरि नै शुभ रहनाले मानसम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानको भाग्यमा अचानक वृद्धि हुने तथा धनसम्पत्तिमा बढोत्तरीको योग रहेको छ ।

व्यापार र कष्ट भावमा गोचर गर्ने राहुले व्यापारबाट उल्लेख्य लाभ गराउनेछ । राज्यबाट धन लाभ हुने तथा सुखद यात्राको तय हुनेछ । तर पनि मङ्सिर १८ गतेसम्म कष्ट भावमा राहुको अशुभ गोचरका कारण जेलनेलको यात्रा तथा गम्भीर रोगको सामना गर्नुपर्ने हुन सक्छ ।

शनिको नकारात्मक प्रभावबाट बच्नका लागि महाँकाल तथा काली भगवतीको पूजा–आराधना गरी पीपलमा जल चढाउँदा फाइदा हुनेछ । वर्षभरि राहु तथा केतुको नकारात्मक फलबाट बच्न राहु–केतुको मन्त्र जप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले वैशाख, जेठ, असोज र पुस महिना अधिक शुभ फलदायी रहनेछन् ।