खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । न्याय सङ्गत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आए पनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
सोमबार बिहानसम्मको समय मध्यमय रहेकोले स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ । नीतिसँग काम नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । सोमबार मध्यान्हबाट राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार तथा शेयर जारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । होटल, रेस्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ ।
कुम्भ राशि हुनेहरूका लागि सुख सन्तान भावमा । बुध ९ गतेसम्म पराक्रम भावमा, १० गतेबाट सुख भावमा र २२ गतेबाट सन्तान भावमा । शुक्र १७ गतेसम्म धन भावमा १८ गतेबाट पराक्रम भावमा । बृहस्पति र शनि क्रमशः विद्या भावमा र धन भावमा, मङ्गल प्रतिस्पर्धा भावमा र व्यापार भावमा गोचर गरिरहेका छन् ।
सुख भावमा महिनाभर सूर्यको प्रतिकुल प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छाती सम्बन्धी, श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । उच्च रक्तचाप, टाउको दुखाई, कोलस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ ।
तरपनि बुध, शुक्र, बृहस्पति र मङ्गलको अनुकूल प्रभावले निर्माण सामाग्री, अटो पार्टस् तथा कन्ट्रक्सनको क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । परिवार, साथीभाइ तथा भाइबहिनीको सहयोग प्राप्त हुनेछ ।
तरपनि शनिको अन्त्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
कुम्भ राशि हुनेहरूका लागी वर्ष २०८२ उपलब्धिमूलक वर्ष रहनेछ । वर्षभरि नै वृहस्पतिको शुभ गोचरको कारणले आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । कृषि तथा चौपाया व्यवसायमा लगानी बढाई प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । घरजग्गाको खरिद बिक्रीबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने स्थायी सम्पत्ति जोड्ने समय रहेको छ । विद्यार्थीहरूले पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्न सक्नेछन् भने अध्ययनकै सवालमा विकसित देशको यात्रा गर्न सकिनेछ । शेयर बजार, अध्ययन अध्यापन, बैक तथा वित्तीय क्षेत्रमा समय खर्चिनेहरूले राम्रो प्रगति गर्न सक्नेछन् । नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । माया प्रेमका कोपिलाहरू फक्रिनेछन् भने सुयोग्य बर बधूको लगन गाँठो बाँधिनेछ ।
राशिमा राहु र व्यापार भावमा वर्षभरि नै केतुको गोचरले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तान तथा आफन्तको प्रगति देख्न पाइनेछ । राज्यबाट लाभ मिल्ने तथा अकस्मात् धन सम्पत्तिमा वृद्धि हुने योग रहेको छ । छोटो समयमा आर्थिक उन्नति गरि जीवन
स्तर उकास्न सकिनेछ । व्यापारकै सवालमा लामो दूरीको यात्राको योग रहेको छ । विदेशी लगानीबाट सञ्चालित संस्थाहरूमा काम पाउने प्रशस्त सम्भावना रहेको छ भने अफिसियल यात्रा हुनेछ ।
वर्ष भरिनै शनिको आद्य तथा अन्त्य साढेसातीको प्रभाव रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई अस्वस्थता बढ्ने वा औषधी उपचार खर्चमा वृद्धि हुने, धन तथा भौतिक सम्पत्ति हानी, रोग बढ्ने, परिवार भित्रकै मानिसबाट झुटा आरोप, काममा बाधा, न्यायसङ्गत काम नगर्दा जेलनेल सम्मको यात्रा हुने, आर्थिक मन्दी जस्ता समस्याको सामना गर्नुपर्नेछ । तर पनि तर पनि जन्मकुण्डलीमा शनि उच्च, स्वगृह, मित्रगृह तथा कुण्डलीमा ३,६,११ भावमा भए शुभ फल पाइनेछ ।
कार्तिक १६ गतेबाट मंसिर ९ गतेसम्म शुक्रले सुख भावमा गोचर गरि मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सवारी साधनको खरिद बिक्रीबाट आर्थिक उन्नति गर्न सकिनेछ । जग्गाजमिन तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । राज्यबाट सम्मान पाइने तथा आर्थिक उन्नति हुनेछ । गीत सङ्गीत तथा फिल्मी क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिने तथा लामो दूरीको यात्राको योग बन्नेछ । कार्तिक १२ गतेबाट मंसिर २३ गतेसम्म केन्द्रमा मंगलले रुचक नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले जागिरमा नियुक्ति तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । राज्यबाट मान सम्मान पाउने तथा लामो दूरीको यात्राको योग रहेको छ । स्थायी सम्पत्तिमा बढोत्तरी वा घरजग्गा जोड्न सकिनेछ ।
शनिको नकारात्मक फलबाट बच्नको निमित्त काली भगवती तथा शनिबार पीपलमा जल चढाउने गर्नुहोला । राहु केतुको लागी बटुक भैरवको पूजा तथा आराधना र हनुमान चालिसाको पाठ गर्नुहोला । आर्थिक दृष्टिकोणले वैशाख, साउन, मंसिर र पुस महिना उत्तम रहेको छ ।