मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
धनु
धनु राशि ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
मङ्गलबार, ३० असार २०८३ को राशिफल

बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ ।

सोमबारसम्मको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । मंगलबारबाट लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । अवसरहरूको सदुपयोग गर्दै राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगको लगानी फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरूले पद पाउने तथा इज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । प्रणय सम्बन्ध थप बलियो बन्नेछ ।

असार २०८३ को राशिफल

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा । बुध १५ गतेसम्म प्रतिस्पर्धा भावमा, १६ गतेबाट व्यापार भावमा । शुक्र २४ गतेसम्म प्रतिस्पर्धा भावमा र २५ गतेबाट व्यापार भावमा । बृहस्पति १८ गतेसम्म व्यापार भावमा र १९ गतेबाट कष्ट भावमा । शनि सुख भावमा । मङ्गल सन्तान भावमा गोचर गरिरहेका छन् । धनु राशि भएका व्यक्तिहरूका लागि यो महिना मिश्रित फल प्राप्त हुनेछ रहेको छ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागि समय उत्तम रहेको छ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा व्यवसायी तथा कागजको काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । महिना भरिनै शनिको आद्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ ।  खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । सन्तानसँग मतभेद बढ्ने तथा सन्तानसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

२०८३ को राशिफल

धनु राशि हुनेहरूका लागि वर्ष २०८३ सामान्य फलदायी वर्ष रहनेछ । वर्षभरि नै शनिको अढैया दशाको प्रभावले झुटा आरोपहरू लाग्ने, कार्यमा ढिलासुस्ती, मानसम्मान तथा इज्जत–प्रतिष्ठामा आघात पुग्ने, मानसिक चिन्ता तथा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्ने र आर्थिक स्थिति कमजोर हुनेछ । स्थानान्तरणको अधिक सम्भावना रहेको छ भने जन्मथलो छोडेर लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । आम्दानीमा कमी हुने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरूले अनावश्यक दुःख दिनेछन् भने राज्यको मेकानिजमभित्र बसेर काम गर्दै हुनुहुन्छ भने आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ, ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधोपचार खर्च बढ्नेछ । मोटोपन, कोलेस्ट्रोल, जन्डिस, फोक्सो तथा मुटु रोगीहरूले आफ्नो स्वास्थ्यको ध्यान दिनुहोला । तर जन्म कुण्डलीमा शनि उच्च, स्वगृह तथा ३, ६, ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ ।

जेठ २० गतेबाट कात्तिक १२ सम्म र माघ १२ देखि वर्षभरि नै कष्ट भावमा गोचर गर्ने बृहस्पति र मङ्सिर १९ बाट धन भावमा राहु र कष्ट भावमा केतुको गोचर अशुभ हुनाले यसको प्रभावले दीर्घ रोगले सताउन सक्छ । मोटोपन, कोलेस्ट्रोल, कलेजोका बिरामीहरूले विशेष ख्याल गर्नुपर्नेछ । अध्ययनमा समय दिन नसकिने वा बाधा हुनेछ । पुराना तथा नयाँ कामहरू बीचमा छोड्नुपर्दा आर्थिक अभाव बढ्नेछ । व्यापारमा घाटा, घरजग्गा कारोबारमा मन्दीको सामना गर्नुपर्नेछ । नोकरीमा अपजस तथा आर्थिक अपचलनको मुद्दा लाग्ने वा दुर्गम स्थानमा स्थानान्तरण हुने प्रबल सम्भावना रहेको छ । घर–परिवारमा द्वन्द्व, झुटा आरोप, पशुधनमा हानि, अर्थहानि जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ । अन्याय तथा नीतिनियमको गलत प्रयोग गरी काम गर्दा समेत आफन्तहरूले असहयोग गर्नाले एक्लो महसुस हुनेछ ।

तर पनि मङ्सिर १८ सम्म पराक्रम भावमा राहु र भाग्य भावमा केतुको गोचर शुभ रहनेछ । सरकारी तथा संवैधानिक क्षेत्रमा बसेर राम्रा काम गर्न सकिने हुनाले मानसम्मानमा वृद्धि हुनेछ । ऋण, रोग तथा शत्रुसँग लड्ने क्षमतामा वृद्धि हुनेछ । अध्ययन वा रोजगारीको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । प्रविधिको प्रयोग गरी आफ्नो पेसा–व्यवसायलाई स्थापित गर्न सकिनेछ । धर्मकर्म, तीर्थाटन तथा कल्याणकारी काममा मन जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेको छ । परराष्ट्र वा कूटनीतिको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हात पार्न सकिनेछ । वर्षभरि नै छोटो दुरीको रमाइलो यात्रा भइरहनेछ ।

जेठ १६ गतेबाट असार ११ गतेसम्म र भदौ २२ गतेबाट असोज ९ सम्म बुधले केन्द्रमा बसेर 'भद्र' नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार–वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

विधिपूर्वक बृहस्पतिको शान्तिका लागि माता बङ्गलामुखीको पूजा, आराधना तथा दर्शन र शनिका लागि महाकाल मन्दिरको दर्शन तथा मन्त्र जप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ । राहु तथा केतुको नकारात्मक फलबाट बच्न राहु–केतुको मन्त्र जप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असोज, कात्तिक, जेठ र फागुन महिना उत्तम रहेका छन् ।