खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । व्यापार व्यवसायबाट आर्थिक समस्या सुल्झाउन सकिनेछ । बौद्धिकताले सम्मान दिलाउनेछ । धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
सोमबारसम्मको समय मध्यम रहेकोले व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा औषधी उपचार खर्च बढ्नेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । मंगलबारबाट समय राम्रो रहेकोले अध्ययन तथा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शेयर बजार तथा व्यापारमा सुझबुझका साथ लगानी गर्दा धनधान्य तथा सुखमा वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
मेष राशि हुनेहरूका लागी सूर्य र बृहस्पति सुख भावमा । बुध २० गतेसम्म पराक्रम भावमा र २१ गतेबाट सुख भावमा । शुक्र १५ गतेसम्म सन्तान भावमा र १६ गतेबाट प्रतिस्पर्धा भावमा । शनि खर्च भावमा । मङ्गल १७ गतेसम्म धन भावमा र १८ गतेबाट प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् । सुख भावमा महिनाभर सूर्यको प्रतिकुल प्रभावले उच्च रक्तचाप, मुटु, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमा वा घरपरिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । सवारी साधनको प्रयोग वा लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । दोस्रो सातासम्म धन भावमा गोचर गर्ने मङ्गलको प्रतिकुल प्रभावले धन सम्पत्ति फस्ने र कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । शनिको आद्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तर पनि बुध, शुक्र, बृहस्पतिको अनुकूल प्रभावले सङ्गीत तथा कला क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । निर्माण सामाग्री, अटो पार्टस्, पेपर उद्योग तथा कन्स्ट्रक्सन क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । महिनाको दोस्रा साताबाट प्रतिस्पर्धा भावमा गोचर गर्ने मङ्गलको शुभ प्रभावले नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । महिनाको दोस्रो साताबाट मङ्गलको अनुकूल प्रभावले परिवार, साथीभाइ तथा भाइबहिनीको सहयोग प्राप्त हुनेछ ।
मेष राशि भएका व्यक्तिहरूका लागि २०८३ साल मिश्रित फलदायी वर्ष रहनेछ । वर्षभरि नै शनिको आद्य साढेसाती दशाको प्रभावले विभिन्न समस्याहरू आइपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या देखा पर्नेछन् । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । विगतमा गरेका गल्तीको सजाय भोग्नुपर्ने हुन सक्छ । राज्यको नजिक भई काम गर्नेहरूका लागि आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ । आर्थिक क्रियाकलापमा मन्दी आउने र ऋण बढ्नेछ । जन्म कुण्डलीमा शनि स्वगृह, उच्च, मित्र गृह तथा कुण्डलीमा ३, ६, ११ भावमा हुनेहरूका लागि भने शनिले राम्रो तथा परिणाममुखी फल दिनेछ । मङ्सिर १९ गतेबाट राहु र केतु अशुभ रहनाले आउनै लागेको धन सम्पत्ति हात पर्न गाह्रो हुनेछ । तल्लो पेट तथा मलद्वारमा समस्या आउन सक्छ । औषधोपचार खर्च बढ्नेछ । घर छोडी देश–विदेशको यात्रा हुनेछ । अपमान, दण्ड तथा जरिवाना सहनुपर्नेछ । प्रतिस्पर्धी तथा शत्रुहरू हाबी हुनेछन् । काममा वा व्यवसायमा विघ्नबाधा आउने तथा शत्रुहरूले सताउन सक्छन् । आँखामा कष्टको अधिक सम्भावना रहेको छ ।
तर पनि अधिकांश समय वृहस्पति शुभ रहने र मङ्सिर १८ गतेसम्म राहु र केतुको शुभ प्रभावले घर–जग्गा तथा सवारी साधनको कारोबार तथा खरिद–बिक्रीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि, पशुपालन व्यवसायलाई समयसापेक्ष आधुनिकीकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीलाई दोब्बर पार्न सकिनेछ । पढाइलेखाइमा भनेजस्तो नतिजा हात लाग्नेछ भने खोज–अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा निकाल्न सकिनेछ । प्रेम प्रसङ्गमा प्रेमका कोपिलाहरू फक्रनेछन् भने प्रेम सम्बन्धलाई दाम्पत्य सम्बन्धमा रूपान्तरण गर्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्र वा शेयर बजारबाट आंशिक लाभ मिल्नेछ ।
वैशाख २९ गतेबाट असार ६ गतेसम्म राशि स्वामी मङ्गलले केन्द्रमा गोचर गरी 'रुचक' नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले आरोग्य तथा धनधान्य प्राप्त हुनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोतको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । घर–जग्गा तथा भौतिक सम्पत्ति जोड्न सकिनेछ । सुरक्षा क्षेत्रसँग सम्बन्धित जागिरमा नियुक्ति तथा बढुवा हुने योग रहेको छ ।
प्रतिकूल ग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि समयमा नै ग्रहशान्ति गर्नुहोला । शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा तथा आराधना गर्नाले शनि दोष शान्त हुनेछ । राहु–केतुका लागि बटुक भैरवको पूजा तथा दर्शन र छिन्नमस्ता भगवतीको पूजा गर्नाले लाभ मिल्नेछ । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना शुभ रहनेछन् ।