प्रियजन भेट हुनुको साथै आतिथ्यपूर्ण सम्मान पाइनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागी यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् ।
साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला हुनेछन् । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यवसाय, शेयर बजार तथा अन्य व्यापारमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । सबै जना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । बिहीबार र शुक्रबार स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । साना समस्यामा गम्भीर नबन्दा ठुलो बन्न सक्छ । गोपनीयतामा ख्याल गर्नुहोला ।
सिंह राशि हुनेहरूका लागि सूर्य राज्य भावमा । बुध ९ गतेसम्म भाग्य भावमा, १० गतेबाट राज्य भावमा र २२ गतेबाट लाभ भावमा । शुक्र १७ गतेसम्म कष्ट भावमा र १८ गतेबाट भाग्य भावमा । बृहस्पति र शनि क्रमशः लाभ भावमा र कष्ट भावमा, मङ्गल खर्च भावमा र राशिमा गोचर गरिरहेका छन् ।
सिंह राशि हुनेहरूका लागि महिनाभर नै शनिको अढैया दशाको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । खर्च भावमा मङ्गलको गोचरको कारण शरीरमा घाउ, चोट लाग्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।
तरपनि सूर्य, बुध, शुक्र तथा बृहस्पतिको अनुकूलताले सरकारी क्षेत्रका काम गर्नेहरूका लागी सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । राजनीतिकर्मी तथा समाजसेवीहरूका लागि समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । खाद्यान्न तथा गरगहनाका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पत्रकार, स्वदेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी, व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
सिंह राशि हुने व्यक्तिहरूका लागी वर्ष २०८२ को अधिकांश समय शुभ रहनेछ । वृहस्पति ग्रहको शुभ प्रभावको कारण सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, शेयर बजार र बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । विद्यार्थी वर्गहरूले विद्या तथा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको सिलसिलामा देश विदेशको यात्रा हुनेछ । माया प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ भने उपहार तथा चिट्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पुरा हुनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तान सुख पाइनेछ । राशिमा केतु र व्यापार भावमा राहुको गोचर शुभ रहने हुनाले अचानक सन्तानको भाग्योदय हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ भने यात्रासँग सम्बन्धित कामबाट लाभ लिन सकिनेछ ।
वर्षको अधिकांश समय शनिको अढैया दशाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरूसँग विवाद बढ्नेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नहुन सक्छन् । घर छोडेर टाढाको कष्टकार यात्रा हुनेछ । राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ । खराब व्यक्तिको सङ्गतले मान तथा प्रतिष्ठामा आँच आउने तथा विभिन्न किसिमका समस्याहरूको सामना गर्नुपर्नेछ । तर पनि जन्म कुण्डलीमा शनि उच्च, स्वगृह, मित्र गृह तथा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुनेछ । असोजको तेस्रो साताबाट पौष महिनाभर शनि व्यापार भावमा गोचर गर्ने हुनाले सवारी साधन वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला, अप्रिय घटना नहोला भन्न सकिन्न । कार्यक्षेत्रमा अपजस तथा नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको योग रहेको छ ।
कार्तिक १२ गतेबाट मंसिर २३ गतेसम्म केन्द्रमा मंगलले रुचक नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यको निकायमा नियुक्ति, सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । राज्यबाट मान सम्मान पाउने तथा लामो दूरीको यात्राको योग रहेको छ । स्थायी सम्पत्तिमा बढोत्तरी वा घरजग्गा जोड्न सकिनेछ । कार्तिक १६ गतेबाट मंसिर ९ गतेसम्म शुक्रले राज्य भावमा गोचर गरि मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सवारी साधनको खरिद बिक्रीबाट आर्थिक उन्नति गर्न सकिनेछ । जग्गाजमिन तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । राज्यबाट सम्मान पाइने तथा आर्थिक उन्नति हुनेछ । प्रशासनिक कार्य, सेना, प्रहरी, गुप्तचर, सुरक्षा सङ्गठन, उद्योग, व्यवस्थापन, मेडिकल, राजनीति, अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ । आर्थिक दृष्टिकोणले जेठ, असार, कार्तिक र माघ महिनामा उपलब्धिमूलक रहनेछ ।