बिद्या तथा प्रतिस्पर्धामा सहपाठीहरूलाई पछि पार्दे पुरस्कार तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय फस्टाएर जानेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने मन परेका मानिसबाट उपहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुँदा मन प्रसन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।
सन्तान वृद्धिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विशेष चासो बढ्नेछ । बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योग तथा शेयर जारमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाईँकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । इमानदारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । साताको अन्ततिर तर पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कन्या राशि हुनेहरूका लागि सूर्य भाग्य भावमा । बुध ९ गतेसम्म कष्ट भावमा, १० गतेबाट भाग्य भावमा र २२ गतेबाट राज्य भावमा । शुक्र १७ गतेसम्म व्यापार भावमा र १८ गतेबाट कष्ट भावमा । बृहस्पति र शनि क्रमशः राज्य भावमा र व्यापार भावमा, मङ्गल लाभ भावमा र खर्च भावमा गोचर गरिरहेका छन् ।
कन्या राशि हुनेहरूका लागी यो महिना मिश्रित फल प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।
बृहस्पति, बुध तथा शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भएपनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदिबहीनिबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभासमारोहका सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ । लाभ भावमा मङ्गलको गोचरले सुरक्षा संयन्त्रको क्षेत्रमा प्रवेश तथा पदोन्नतिको लागी समय उत्तम रहेको छ ।
कन्या राशि हुनेहरूका लागी वर्ष २०८२ शुभ रहनेछ । वर्षभरि नै वृहस्पतिको गोचर शुभ रहने हुनाले खोज तथा अनुसन्धानकै सिलसिलामा लामो दूरीको यात्रा हुनेछ । समाजमा गुमेको साख फिर्ता गर्न सकिनेछ भने राजनीति तथा कल्याणकारी क्षेत्रमा समय लगानी गर्नेहरूले राज्यबाट पद पाउने तथा प्रशस्त सेवा सुविधा पाउने ग्रहयोग रहेको छ । राज्यको निकायमा बसेर काम गरिरहेका हरूले अनुकूल स्थानमा सरुवा तथा कार्यकारी पदमा बसी देश र जनताको सेवा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनमा सुधार हुने तथा नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । कुनै पनि पेसा व्यवसायमा समय खर्चिने हरूले मनग्गे आम्दानी गर्न सक्नेछन् । विवाह बन्धनमा बाँधिने गतिलो योग रहेको छ भने लामो समय देखि प्रेममा रहेकाहरूले आफ्नो सम्बन्धलाई आत्मीयता थप गर्ने अवसर प्राप्त हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
वर्षको अधिकांश समय शनिले व्यापार भावमा शश नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले र शनि अनुकूल हुनाले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा मार्फत आम्दानीका
स्रोतहरू बढाउन सकिनेछ । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुसरण गर्नेहरूका लागि समय उत्तम रहेको छ । साङ्गीतिक क्षेत्रका काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउने तथा लामो दूरीको यात्राको योग रहेको छ । तर पनि दाम्पत्य भावमा शनिको गोचरले पति पत्नी बिच विचारमा बेमेल तथा मनमुटाब बढाउनेछ । असोज तेस्रो साताबाट पौष महिनाभरि प्रतिस्पर्धा भावमा गोचर गर्ने शनि र त्यही भावमा वर्षभरि नै गोचर गर्ने राहुको शुभ प्रभावले शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरि काम गर्ने अवसर प्राप्त हुनेछ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विदेश भावमा केतुको गोचरले खर्च बढाए पनि काम वा अध्ययनको सवालमा लामो दूरीको यात्राको तय हुनेछ ।
जेष्ठ २३ गतेबाट असार ९ गतेसम्म र भाद्र ३० गतेबाट असोज १५ सम्म बुधले केन्द्रमा बसेर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे नाफा कमाउन सकिनेछ । साहित्य लेखनमा बाकी रहेको कामहरू सकाई प्रकाशित गर्न सकिनेछ । हास्यव्यङ्ग्य क्षेत्रमा दर्शको मन जित्न सकिने तथा फिल्मी क्षेत्रमा स्थापित भई नाम र दाम दुवै कमाउन सकिनेछ । आर्थिक दृष्टिकोणले असार, साउन, मंसिर र फाल्गुन महिना लाभदायक रहनेछ ।