कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरूले बाधा तथा अवरोध गर्नेछन्। काममा खुट्टा तान्नेहरू सक्रिय हुनेछन्। आफन्त तथा आमासँग टाढिने योग रहेको छ। व्यापारमा लगानी गर्नका लागि केही समय धैर्यधारण गर्नुहोला। तर पनि कृषि, पशुपालन तथा पुर्ख्यौली पेसाबाट मनग्य धन आर्जन गर्न सकिनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ। यात्रा, बैठक, भेटघाट तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।
साताको सुरु र अन्तको समय राम्रो रहेकोले आÏनै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । वित्तीय बजारमा लगानी गरी आगामी दिनमा नाफा कमाउन सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङ्कन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् ।
कन्या राशि हुनेहरूका लागी सूर्य भाग्य भावमा । बुध १५ गतेसम्म भाग्य भावमा, १६ गतेबाट राज्य भावमा । शुक्र २४ गतेसम्म भाग्य भावमा र २५ गतेबाट राज्य भावमा । बृहस्पति १८ गतेसम्म राज्य भावमा र १९ गतेबाट लाभ भावमा । शनि व्यापार भावमा । मङ्गल कष्ट भावमा गोचर गरिरहेका छन् । कन्या राशि हुनेहरूका लागी यो महिना मिश्रित फल प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । कष्ट भावमा मङ्गलको गोचरले शरीरमा घाउ, चोटपटक तथा यात्रा गर्दा ध्यान नदिए दुर्घटनाको योग पनि रहेको छ । बृहस्पति, बुध तथा शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भए पनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहिनीबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ ।
कन्या राशि हुनेहरूका लागि वर्ष २०८३ अधिकांश समय शुभ रहनेछ । बृहस्पति शुभ रहने र मङ्सिर १९ पछि लाभ भावमा केतु र सन्तान भावमा राहुको अनुकूल प्रभावले भाग्य तथा आयमा वृद्धि हुनेछ । ब्रोकरसम्बन्धी कामबाट लाभ लिन सकिनेछ । सामाजिक पद–प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार–व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, शेयर बजार र बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । विद्यार्थी वर्गले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको सिलसिलामा देश–विदेशको यात्रा हुनेछ । माया–प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । प्राकृतिक स्रोतसाधनको प्रयोगमार्फत प्रशस्त रुपैयाँ–पैसा कमाउन सकिनेछ भने उपहार तथा चिट्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पूरा हुनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तान सुख पाइनेछ । साहित्य लेखनमा बाँकी रहेका कामहरू सकाएर प्रकाशित गर्न सकिनेछ । हास्यव्यङ्ग्य क्षेत्रमा दर्शकको मन जित्न सकिने तथा चलचित्र क्षेत्रमा स्थापित भई नाम र दाम दुवै कमाउन सकिनेछ ।
व्यापार भावमा शनिको गोचरका कारण मिश्रित फल प्राप्त हुनेछ । भौतिक स्रोतसाधनको प्रयोगमार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टामार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विदेशी भाषा तथा विदेशी संस्कार–संस्कृतिको अनुसरण गर्नेहरूका लागि समय उत्तम रहेको छ । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि पाउने तथा प्रशस्त धन आर्जन गर्नेछन् । सामाजिक मर्यादा तथा नीतिनियमको पालना गरी काम गर्ने अवसर प्राप्त हुनेछ । तर पनि दाम्पत्य भावमा शनिको गोचरले पति–पत्नीबीच विचारमा बेमेल तथा मनमुटाब बढाउनेछ । मङ्सिर १८ सम्म राहु र केतुको अशुभ प्रभावले दीर्घ रोग लाग्ने, मामा तथा मावली पक्षसँग मनमुटाब, मान तथा धनको हानि र स्वास्थ्यसम्बन्धी समस्या आई औषधोपचार खर्च बढ्नेछ । जन्मघर छोडी रोजगारीको सवालमा टाढाको यात्रा हुनेछ । मन विचलित तथा अशान्त हुनेछ ।
जेठ १६ गतेबाट असार ११ गतेसम्म र भदौ २२ गतेबाट असोज ९ सम्म बुधले केन्द्रमा बसेर 'भद्र' नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राजनीति तथा सामाजिक क्षेत्रमा पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार–वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । साहित्य क्षेत्रमा बाँकी रहेका कामहरूलाई तीव्रता दिन सकिनेछ । स्टक एक्सचेन्ज, चार्टर्ड एकाउन्टेन्ट, वाणिज्य, व्यापार, हास्यव्यङ्ग्य, चलचित्र क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ ।
शनिको नकारात्मक प्रभावबाट बच्नका लागि महाकाल तथा काली भगवतीको पूजा–आराधना गरी पीपलमा जल चढाउँदा फाइदा हुनेछ । राहु तथा केतुको नकारात्मक फलबाट बच्न राहु–केतुको मन्त्र जप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार, साउन, मङ्सिर र फागुन महिना लाभदायक रहनेछन् ।