आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
तुला
तुला राशि रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आइतबार, ०१ असार २०८२ को राशिफल

घर परिवार तथा आफन्तका बिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ । पढाइ लेखाइमा मन जाने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा अविश्वास बढ्नेछ ।

समय राम्रो रहेकोले मन परेको मानिसबाट बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । खाद्यान्न, कपडा तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । यात्रा मनोरञ्जन तथा खानपानमा अधिकांश समय व्यातित हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।  

असार २०८२ को राशिफल

तुला राशि हुनेहरूका लागि सूर्य कष्ट भावमा  । बुध ९ गतेसम्म व्यापार भावमा, १० गतेबाट कष्ट भावमा र २२ गतेबाट भाग्य भावमा । शुक्र १७ गतेसम्म प्रतिस्पर्धा भावमा, १८ गतेबाट व्यापार भावमा । बृहस्पति र शनि क्रमशः भाग्य भावमा र प्रतिस्पर्धा भावमा, मङ्गल राज्य भावमा र लाभ भावमा गोचर गरिरहेका छन् ।

तुला राशि हुनेहरूका लागि यो महिना मध्यम रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ ।

तरपनि बृहस्पति, बुध तथा शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भएपनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदिबहीनिबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ । राज्य भाव र लाभ भावमा मङ्गलको गोचरले सुरक्षा संयन्त्रको क्षेत्रमा प्रवेश तथा पदोन्नतिको लागी समय उत्तम रहेको छ ।

२०८२ को राशिफल

तुला राशि हुने व्यक्तिहरूका लागी वर्ष २०८२ शुभ रहनेछ । जेष्ठ महिनाबाट वर्षभरि नै वृहस्पतिको शुभ प्रभावले अध्ययन वा कामको सवालमा लामो दूरीको यात्रा हुनेछ । नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ । बैक तथा वित्तीय क्षेत्र, शिक्षा  क्षेत्र, लेखा तथा राजस्वको क्षेत्रमा नियुक्ति तथा बढुवा हुने योग रहेको छ । संवैधानिक अङ्ग तथा राज्यको माथिल्लो पदमा छोटो समयको लागी नियुक्ति हुनेछ । मौसम अनुकूल भइदिनाले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरि लाभ लिन सकिनेछ । नयाँ उद्योग तथा व्यवसाय सुरु गरि आर्थिक लाभ लिन सकिनेछ । घरजग्गा सवारी साधन तथा सामाजिक पद प्रतिष्ठा जोड्न  सकिनेछ । मन मिल्ने प्रेमपात्र पाइनाले अविवाहितहरूको लगनगाँठो कसिने बलियो सम्भावना छ । साहित्य, गीत सङ्गीत, मोडलिङ पेसा व्यवसायमा चासो बढ्नेछ । विशेषतः फिल्म, नृत्य, लेखन क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ ।  कूटनीति, परराष्ट्र, राजनीति , राजदूत वा यस्तै कार्यमा यो वर्ष स्थापित भइनेछ ।

वर्षको अधिकांश समय प्रतिस्पर्धा भावमा गोचर गर्ने शनि र त्यही भावमा वर्षभरि नै गोचर गर्ने राहुको अनुकूल प्रभावले वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्स्ट्रक्सन क्षेत्रमा समय दिनेहरूका लागि यो वर्ष फलदायी रहनेछ ।  विद्युत् प्राधिकरण, आयल निगम, आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरि काम गर्ने अवसर प्राप्त हुनेछ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । लाभ भावमा वर्षभरि नै गोचर गर्ने कुतुको प्रभावले प्राकृतिक स्रोत साधनको प्रयोग तथा पैतृक धन सम्पत्तिको प्रयोग आए आर्जनलाई बढाउन सकिनेछ ।

कार्तिकको दोस्रो साताबाट मंसिरको पहिलो सातासम्म केन्द्रमा शुक्रले मालव्य योगको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सवारी साधनको खरिद बिक्री तथा मर्मत कार्यबाट मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । कपडा, कागज, प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित  गर्न सकिनेछ । माघ महिनाको ४ गतेबाट फाल्गुन १३ गतेसम्म मंगलले केन्द्रमा गोचर गरि रुचक नामको पञ्चमहापुरुष  योगको निर्माण गर्ने हुनाले खनिज पदार्थको व्यापारमा वृद्धि हुने, वैदेशिक यात्राको काम तीव्र गतिमा अगाडी बढ्ने तथा सुरक्षा क्षेत्रमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।  आर्थिक वा सामाजिक दृष्टिकोणले साउन, भदौ, पुस र चैत महिना शुभ रहेको छ ।