सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
तुला
तुला राशि रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सोमबार, ०४ साउन २०८३ को राशिफल

व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।

छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । अध्ययनकै सवालमा यात्राको योग बन्नेछ । शुक्रबारबाट समय मध्यम रहेकोले घरायसी कुरामा आफन्त तथा कुटुम्बसँग विवाद हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ । लगानीको लागी अध्ययनको जरुरी देखिन्छ ।

साउन २०८३ को राशिफल

तुला राशि हुनेहरूका लागी सूर्य र बृहस्पति राज्य भावमा । बुध २० गतेसम्म भाग्य भावमा र २१ गतेबाट राज्य भावमा  । शुक्र १५ गतेसम्म लाभ भावमा र १६ गतेबाट खर्च भावमा । शनि प्रतिस्पर्धा भावमा । मङ्गल १७ गतेसम्म कष्ट भावमा र १८ गतेबाट भाग्य भावमा गरिरहेका छन् । तुला राशि हुनेहरूका लागी यो महिना शुभ रहेको छ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पत्रकार, स्वदेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी, व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्ने कलाकारहरूका लागी समय उत्तम रहेको छ । शनिको प्रतिस्पर्धा भावमा शुभ गोचरको कारण सुरक्षा संयन्त्रको क्षेत्रमा प्रवेश तथा पदोन्नतिको लागी समय उत्तम रहेको छ । राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । निर्माण सामाग्री, अटोपार्टस तथा औषधीजन्य सामाग्रीका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । तर पनि महिनाको दोस्रो सातासम्म कष्ट भावमा गोचर गर्ने मङ्गलले अनावश्यक खर्च बढ्नेछ । यात्रा कष्टकर नहोला भन्न सकिन्न । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घटना नघट्ला भन्न सकिन्न ।

२०८३ को राशिफल

तुला राशि हुने व्यक्तिहरूका लागि वर्ष २०८३ फलदायी वर्ष रहनेछ । शनि र बृहस्पतिको शुभ प्रभावले वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि पाउने तथा प्रशस्त धन आर्जन गर्नेछन् । नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ । बैंक तथा वित्तीय क्षेत्र, शिक्षा क्षेत्र, लेखा तथा राजस्वको क्षेत्रमा नियुक्ति तथा बढुवा हुने योग रहेको छ । नयाँ उद्योग तथा व्यवसाय सुरु गरी आर्थिक लाभ लिन सकिनेछ । ठेक्कापट्टा तथा कन्स्ट्रक्सनको क्षेत्रमा समय दिनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । विद्युत् प्राधिकरण, न्यायालय, आयल निगम, आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ । सामाजिक मर्यादा तथा नीतिनियमको पालना गरी काम गर्ने अवसर प्राप्त हुनेछ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । मन मिल्ने प्रेमपात्र पाइनाले अविवाहितहरूको लगनगाँठो कसिने बलियो सम्भावना छ । साहित्य, गीत–सङ्गीत, मोडलिङ पेसा–व्यवसायमा चासो बढ्नेछ । विशेषतः फिल्म, नृत्य, लेखन क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ । कूटनीति, परराष्ट्र, राजनीति, राजदूत वा यस्तै कार्यमा यो वर्ष स्थापित भइनेछ ।

मङ्सिर १८ सम्म लाभ भावमा केतु र सन्तान भावमा राहुको शुभ प्रभावले प्राकृतिक स्रोतसाधनको प्रयोग तथा पैतृक धनसम्पत्तिको प्रयोगबाट आयआर्जनलाई बढाउन सकिनेछ । भाग्यले साथ दिने हुनाले जग्गा, शेयर बजार तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यक्ति वा ब्रोकरहरूको धनमा अचानक वृद्धि हुनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । संवैधानिक अङ्ग तथा राज्यको माथिल्लो पदमा नियुक्ति पाइनेछ । मौसम अनुकूल भइदिनाले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी लाभ लिन सकिनेछ ।

मङ्सिर १९ गतेबाट सुख भावमा राहु र राज्य भावमा केतुको गोचर अशुभ रहनेछ । पारिवारिक सुखमा कमी आउनेछ । विद्रोही स्वभावका कारण राज्य वा व्यक्तिको नजर तपाईँमा पर्नेछ । चाहँदाचाहँदै पनि मातापिताको माया र साथ छोडी यात्रा गर्नुपर्नेछ ।

राहु तथा केतुको नकारात्मक फलबाट बच्न राहु–केतुको मन्त्र जप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक वा सामाजिक दृष्टिकोणले साउन, भदौ, पुस र चैत महिना शुभ रहेका छन् ।