सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
वृश्चिक
वृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
सोमबार, ०२ असार २०८२ को राशिफल

न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलाप भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, शेयर बजार तथा व्यापारको लगानी फस्टाएर जानेछ ।

साताको सुरु र अन्तको समय राम्रो रहेकोले समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । उत्पादित उद्योग, शेयर बजार तथा व्यापारमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । मङ्गलवार र बुधबार आर्थिक रूपमा सम्पन्न हुनको लागी चालिएका कदममा बाधा तथा अवरोध हुनेछ । आमा तथा आफन्तसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुने योग रहेको छ।

असार २०८२ को राशिफल

वृश्चिक राशि हुनेहरूका लागि सूर्य व्यापार भावमा  । बुध ९ गतेसम्म प्रतिस्पर्धा भावमा, १० गतेबाट व्यापार भावमा र २२  गतेबाट कष्ट भावमा  । शुक्र १७ गतेसम्म सन्तान भावमा र १८ गतेबाट प्रतिस्पर्धा भावमा । बृहस्पति र शनि क्रमशः कष्ट भावमा र सन्तान भावमा, मङ्गल भाग्य भावमा र राज्य भावमा गोचर गरिरहेका छन् ।

यो महिना बुध, शुक्र, मङ्गलको कारणले अल्झेर बसेका कामहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । सरकारी जागिरमा प्रवेश वा पदोन्नतिको प्रशस्त  सम्भावना रहेको छ । प्रेमलाई विवाह मार्फत घर गृहस्थीमा परिणत गर्न सहमति जुटाउन सकिनेछ । वित्तीय क्षेत्रमा गरिने लगानीबाट आंशिक लाभ हुनेछ । उद्योग, शिक्षा, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । अनलाइन व्यापार तथा विदेशी निकायसँग समन्वय गरेर गर्ने कामबाट लाभ लिन सकिनेछ ।

तरपनि व्यापार भावमा गोचर गर्ने सूर्यले स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दिर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ । घर परिवार तथा जीवन साथीसँग राय बाजिनेछ । साझेदारी व्यापारमा बैमनस्यता पैदा हुनेछ । सन्तान भावमा शनिको गोचरको कारणले सन्तानसँग मतभेद बढ्ने योग रहेको छ । राहु र केतुको प्रभावले अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।

२०८२ को राशिफल

वृश्चिक राशि हुने व्यक्तिहरूका लागी वर्ष २०८२ मध्यम रहेको छ । वर्षको अधिकांश समय सन्तान भावमा गोचर गर्ने राहु र शनिको प्रतिकुल प्रभावले व्यापार व्यवसायमा मन्दी आउनेछ भने आर्थिक व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । छोरा छोरीसँग शत्रुता बढ्नेछ । सन्तानको स्वास्थ्यमा खराबी आउन सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा खासै मन नजाँदा नतिजा अरूकै पोल्टोमा पर्नेछ । आर्थिक रूपमा सबल हुने योजनाहरू बने पनि कार्यान्वयनको चरणमा लैजान मुस्किल रहेको छ । असोजको तेस्रो साताबाट पौष महिनाभर शनिको अढैया दशाको प्रभावले यात्रा कष्टकर हुनेछ । कृषि, पशुपालन व्यवसाय खस्केर जानेछ । आमा वा आफन्तको स्वास्थ्यमा गम्भीर समस्या देखा पर्नेछ । घरजग्गामा विवाद वा रियलस्टेट सम्बन्धी काममा घाटा लाग्नेछ । जनताको आलोचनात्मक समर्थन रहनेछ । तर पनि जन्म कुण्डलीमा शनि बलवान हुनेहरूका लागि भने शनिको अढैयाले फलिफाप नै हुनेछ ।

अधिकांश समय कष्ट भावमा गोचर गर्ने वृहस्पति र राज्य भावमा भावमा केतुको प्रतिकुल प्रभावले दीर्घकालीन रोगले सताउन सक्छ ध्यान दिनुहोला । मोटोपन, कोलेस्ट्रोल, कलेजोका बिरामीहरूले विशेष ख्याल गर्नुपर्नेछ । अध्ययनमा समय दिन नसकिने वा बाधा हुनेछ । पुराना तथा नयाँ कामहरू बिचमा छोड्नु पर्दा आर्थिक अभाव बढ्नेछ । व्यापारमा घाटा, घरजग्गा कारोबारमा मन्दीको सामना गर्नुपर्नेछ । नोकरीमा अपजस तथा आर्थिक अपचलनको मुद्दा लाग्ने वा दुर्गम स्थानमा स्थानान्तरण हुने प्रबल सम्भावना रहेको छ ।

र, पनि वैशाख महिनाभर र असोज तेस्रो साताबाट मंसिर महिनाभर वृहस्पतिको अनुकूल प्रभावले व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । विशेष गरि पर्यटन, यात्रा, स्कुल, कलेज, शेयर बजार बैक तथा वित्तीय जस्ता क्षेत्रमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ । शुभ कार्यमा खर्च हुनेछ । समाजमा राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगारको खोजीमा हुनेहरूले नोकरीमा प्रवेश पाइनेछ । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । व्यापार बिस्तार तथा अध्ययनको सिलसिलामा देश विदेशको यात्रा हुनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने लामो समय देखि माया प्रेम गर्ने जोडीहरूले आफ्नो प्रेम सम्बन्ध विवाहमा परिणत हुनेछ ।

कार्तिकको दोस्रो साताबाट मंसिरको पहिलो सातासम्म केन्द्रमा शुक्रले मालव्य योगको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सवारी साधनको खरिद बिक्री तथा मर्मत कार्यबाट मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । कपडा, कागज, प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित  गर्न सकिनेछ । कार्तिक ११ देखी मंसिर २२ गतेसम्म मंगलले केन्द्रमा रुचक नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले खनिज पदार्थको व्यापारमा वृद्धि हुने, वैदेशिक यात्राको काम तीव्र गतिमा अगाडी बढ्ने तथा सुरक्षा क्षेत्रमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ । प्राधिकरण, आयल निगम, आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । स्वास्थ्य क्षेत्रको जागिर वा कामबाट मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ ।

आर्थिक वा सामाजिक दृष्टिकोणले साउन, भदौ, पुस र चैत महिना शुभ रहेको छ ।