सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
वृश्चिक
वृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
सोमबार, ०४ साउन २०८३ को राशिफल

उत्पादनमूलक क्षेत्रमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रसन्न हुनेछ ।

साताको समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधिको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ ।  व्यापार, वित्तीय क्षेत्र र उद्योगमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ । खाद्यान्न तथा होटल रेष्टुरेन्टको लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामाग्री, गरगहना तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ ।

साउन २०८३ को राशिफल

वृश्चिक राशि हुनेहरूका लागी सूर्य र बृहस्पति भाग्य भावमा । बुध २० गतेसम्म कष्ट भावमा र २१ गतेबाट भाग्य भावमा  । शुक्र १५ गतेसम्म राज्य भावमा र १६ गतेबाट लाभ भावमा । शनि सन्तान भावमा । मङ्गल १७ गतेसम्म व्यापार भावमा र १८ गतेबाट कष्ट भावमा गरिरहेका छन् । वृश्चिक राशि हुनेहरूका लागी यो महिना मिश्रित फल प्राप्त हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने भए पनि कष्टकर नहोला भन्न सकिन्न । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ । सन्तान भावमा शनिको गोचरको कारणले सन्तानसँग मतभेद वा टाढिनु पर्नेछ । पेट तथा नशा सम्बन्धी समस्या बढ्ने योग रहेको छ । कष्ट भावमा बृहस्पतिको गोचरले खोज तथा अनुसन्धानको प्रगति हुने भए पनि ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ । महिनाको दोस्रो साताबाट कष्ट भावमा गोचर गर्ने मङ्गलको प्रतिकुल प्रभावले ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ । तर पनि बुध, बृहस्पति र शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहीनिबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ ।

२०८३ को राशिफल

वृश्चिक राशि हुने व्यक्तिहरूका लागि वर्ष २०८३ मध्यम फलदायी वर्ष रहनेछ । जेठ १८ सम्म कष्ट भावमा गोचर गर्ने बृहस्पति र मङ्सिर १८ सम्म सुख भावमा राहु र कर्म भावमा केतुको अशुभ गोचरका कारण दीर्घकालीन रोगले सताउन सक्छ, ध्यान दिनुहोला । मोटोपन, कोलेस्ट्रोल, कलेजोका बिरामीहरूले विशेष ख्याल गर्नुपर्नेछ । घरजग्गामा विवाद वा रियलस्टेटसम्बन्धी काममा घाटा लाग्नेछ । जनताको आलोचनात्मक समर्थन रहनेछ । नोकरीमा अपजस तथा आर्थिक अपचलनको मुद्दा लाग्ने वा दुर्गम स्थानमा स्थानान्तरण हुने प्रबल सम्भावना रहेको छ । सन्तान भावमा शनिको गोचरले छोराछोरीसँग शत्रुता बढ्नेछ । सन्तान, आमा तथा आफन्तको स्वास्थ्यमा गम्भीर समस्या देखा पर्नेछ । आर्थिक रूपमा सबल हुने योजनाहरू बने पनि कार्यान्वयनको चरणमा लैजान मुस्किल रहेको छ । कृषि, पशुपालन व्यवसाय खस्केर जानेछ । पुराना तथा नयाँ कामहरू बीचमा छोड्नुपर्दा आर्थिक अभाव बढ्नेछ ।

तर पनि जेठ १९ गतेपछि भाग्य तथा कर्म भावमा गोचर गर्ने शुभ बृहस्पतिको अनुकूल प्रभावले अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ । मन मिल्ने प्रेमपात्र पाइनाले अविवाहितहरूको लगनगाँठो कसिने बलियो सम्भावना छ । विशेषगरी पर्यटन, यात्रा, स्कुल, कलेज, शेयर बजार, बैंक तथा वित्तीय जस्ता क्षेत्रमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ । कूटनीति, परराष्ट्र, राजनीति, राजदूत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्ने समय पनि रहेको छ ।

मङ्सिर १९ गतेबाट पराक्रम भावमा राहु र भाग्य भावमा केतुको गोचर शुभ रहने हुनाले अकस्मात् भाग्य वृद्धि हुनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मानसम्मानमा वृद्धि हुने तथा साथीभाइ तथा आफन्तबाट आर्थिक क्षेत्रमा सहयोग मिल्नेछ । ऋण, रोग तथा शत्रुसँग लड्ने क्षमतामा वृद्धि हुनेछ । प्रविधिको प्रयोग गरी आफ्नो पेसा–व्यवसायलाई स्थापित गर्न सकिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेको छ । परराष्ट्र वा कूटनीतिको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हात पार्न सकिनेछ । वर्षभरि नै छोटो दुरीको रमाइलो यात्रा भइरहनेछ ।

वैशाख ७ गतेबाट वैशाख ३० गतेसम्म शुक्रले केन्द्रमा गोचर गरी 'मालव्य' नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले मेहनतले घर–जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिनेछ । टाढिएका सन्तानहरूसँग भेट हुने तथा माता र मातृभूमिप्रति श्रद्धा बढ्नेछ । गीत–सङ्गीत तथा मोडलिङ क्षेत्रमा काम गर्नेहरूका लागि समय फलदायी रहनेछ । आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ ।

प्रतिकूल ग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि समयमा नै ग्रहशान्ति गर्नुहोला । शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा तथा आराधना गर्नाले शनि दोष शान्त हुनेछ । राहु–केतुको शान्तिका लागि बटुक भैरवको पूजा तथा दर्शन र छिन्नमस्ता भगवतीको पूजा गर्नाले लाभ मिल्नेछ । आर्थिक वा सामाजिक दृष्टिकोणले साउन, भदौ, पुस र चैत महिना शुभ रहेका छन् ।