१४ औँ एसीयन ‘टग अफ वार’ इन्डोर च्याम्पियनसीपमा सहभागी हुने खेलाडीको बिदाइ
काठमाडौँ । थाइल्याण्डमा हुने १४ औँ एसीयन ‘टग अफ वार’ इन्डोर च्याम्पियनसीपमा नेपालको तर्फबाट सहभागी खेलाडी तथा अफिसियलहरुलाई बिहीवार नेपाल टग अफ वार एशोसियसनले एक विषेश कार्यक्रम गरी बिदाइ गरेको छ ।
यही भाद्र २७ गते देखि ३० गतेसम्म हुने खेलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी हुने १५ जना खेलाडी तथा अफिसियललाई नेपाल टग अफ वार एशोसिएसनका अध्यक्ष भवानी प्रसाद पौडेल, साउथ एसियन टग अफ वार फेडेरेसनका उपाध्यक्ष नरेन्द्र बहादुर अधिकारी तथा नेपाल टग अफ वार एशोसिएसनका पदाधिकारी, सदस्य तथा विभिन्न जिल्लाका अध्यक्षहरुले बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा शुभकामना दिँदै एशोसियसनका अध्यक्ष भवानी प्रसाद पौडेलले नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुले नतिजा आफ्नो हातमा पार्ने विश्वास व्यक्त गरेका थिए । नेपाल टग अफ वार एशोसियसले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाएको यो पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण