टोकियोमा ‘दाइबुचु’ विमोचित
बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको जापानसम्बन्धी नवीनतम नियात्रासङ्ग्रह ‘दाइबुचु’ प्रा. रामकुमार पाडेले टोकियोमा विमोचन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. पाडेले यात्रा र हाइकुको समिश्रणले बनेको ‘दाइबुचु’ जापानी साहित्यको हाइबुन शैलीमा लेखिएको बताए ।
विमोचित कृतिका बारेमा बोल्दै अनेसास जापानका पूर्वअध्यक्ष आलोक चालिसेले जापानको साहित्य र संस्कृति बुझाउने पुस्तकको रूपमा आएको बताए ।
त्यस्तै बेलुकाजी थापाले ‘दाइबुचु’ पढ्दा जापान घुमेको अनुभूति हुने बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितीका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले नेपाल भ्रमण वर्ष–सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय स्तरको हाइकु सम्मेलन गरिने र संसारभरका लेखकलाई आमन्त्रण गरिने बताए ।
जापान भ्रमणमा रहेका साहित्यकार श्यामजी ‘अतिथि’ सेढाईंले जापानमा रहेका नेपालीहरूलाई साहित्यले एकताको सूत्रमा बाँधेको बताए ।
लेखक कृष्ण बजगाईंले ‘दाइबुचु’ अनुसन्धानमूलक नियात्रासङ्ग्रह भएको बताए ।
उक्त कार्यक्रममा डा. भूपालमान श्रेष्ठ, केपी पाठक, रामकृष्णबम मल्ल, हेमन्त गिरी, ध्रुव बन्जाडे, गृष्मा पौडेल, भगवती उप्रेती, राजेन्द्र पौडेल, गङ्गा गगन, दीपा घिमिरे, अरुण पौडेल, गिरिजा गैरे, सुस्मा ओमाता, कुमारवाबु सिम्खडा, पुस्करजङ्ग थापा, हरिश इशान आदिले आ–आफ्ना रचना वाचन गरेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम महासचिव अरुण पौडेलले सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण