सिटी र आर्सनलको सानदार जित

म्यानचेस्टर सिटी र आर्सनल सानदार जित निकाल्दै इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा सिटीले प्रिस्टन नर्थ इन्डलाई उसैको मैदानमा ३–० गोलले हरायो । अर्को खेलमा आर्सनलले नथिङघम फरेस्ट क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्यो ।
सिटीको जितमा रहिम स्ट्रलिङले १९औं मिनेटमा खाता खोले । ३५औं मिनेटमा ग्रावियल जेससले गोलगर्दै सिटीको अग्रता दोब्बर बनाए । ४२औं मिनेटमा प्रिस्टन नर्थ इन्डका रायन लिडसनको प्रहार आत्मघाती गोलमा परिणत भएपछि सिटीले सहज जित निकालेको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।
यसैगरी आर्सनललाई घरेलु मैदानमा जिताउन ग्याब्रियल मार्टिनेलीले ३१औं र ९०औं मिनेटमा दुई गोल गरे । रव होल्डिङले ७१औं, जोसेफ विललकले ७७औं र रेइस नेल्सनले ८४औं मिनेटमा एक एक गोल गरेका थिए । खेलभर आर्सनलको दबाब झेलेको नथिङघमले गोल गर्न लायक कुनै अवसर बनाउन सकेन ।
अन्य खेलमा वाटफोर्डले स्वान्सी सिटीलाई २–१, एभर्टनले सेफिल्ड वेनस्डेलाई २–०, साउथ ह्यामटनले पोर्टसमाउथलाई ४–० र लेस्टर सिटीले लुटोन टाउनलाई ४–० गोलले हराउँदै चौथो चरणमा प्रवेश गरे । टाईब्रेकरमा हार खेपेको टोट्टनहाम र स्टोक सिटी प्रतियोगिताबाट बाहिरिएको छ । टोट्टनहाम कोलचेस्टर युनाइटेडसँग ४–३ तथा स्टोक सिटी क्रली टाउनसँग ५–३ गोलले पराजित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता प्रक्रिया तत्काल अघि नबढ्ने
-
प्रिमियर लिग : उपाधि विजेता लिभरपुल चेल्सीसँग हार्यो
-
सोमबार कुन राशिका लागि शुभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
तीनवटा मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
आत्मनिर्भर बन्दै मुक्त कमैया महिला