सिटी र आर्सनलको सानदार जित
म्यानचेस्टर सिटी र आर्सनल सानदार जित निकाल्दै इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा सिटीले प्रिस्टन नर्थ इन्डलाई उसैको मैदानमा ३–० गोलले हरायो । अर्को खेलमा आर्सनलले नथिङघम फरेस्ट क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्यो ।
सिटीको जितमा रहिम स्ट्रलिङले १९औं मिनेटमा खाता खोले । ३५औं मिनेटमा ग्रावियल जेससले गोलगर्दै सिटीको अग्रता दोब्बर बनाए । ४२औं मिनेटमा प्रिस्टन नर्थ इन्डका रायन लिडसनको प्रहार आत्मघाती गोलमा परिणत भएपछि सिटीले सहज जित निकालेको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।
यसैगरी आर्सनललाई घरेलु मैदानमा जिताउन ग्याब्रियल मार्टिनेलीले ३१औं र ९०औं मिनेटमा दुई गोल गरे । रव होल्डिङले ७१औं, जोसेफ विललकले ७७औं र रेइस नेल्सनले ८४औं मिनेटमा एक एक गोल गरेका थिए । खेलभर आर्सनलको दबाब झेलेको नथिङघमले गोल गर्न लायक कुनै अवसर बनाउन सकेन ।
अन्य खेलमा वाटफोर्डले स्वान्सी सिटीलाई २–१, एभर्टनले सेफिल्ड वेनस्डेलाई २–०, साउथ ह्यामटनले पोर्टसमाउथलाई ४–० र लेस्टर सिटीले लुटोन टाउनलाई ४–० गोलले हराउँदै चौथो चरणमा प्रवेश गरे । टाईब्रेकरमा हार खेपेको टोट्टनहाम र स्टोक सिटी प्रतियोगिताबाट बाहिरिएको छ । टोट्टनहाम कोलचेस्टर युनाइटेडसँग ४–३ तथा स्टोक सिटी क्रली टाउनसँग ५–३ गोलले पराजित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण