कात्तिक १८ देखि २१ सम्म पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
काठमाडौँ– पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यो वर्ष नेपालले आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन आउँदो कात्तिक १८ देखि २१ सम्म काठमाडौंको होटल याक एण्ड यतिमा हुने भएको छ । ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण विस्तार अभियान (‘स्केलिङ अप न्युट्रिशन– सन मुभमेन्ट’) आयोजना गर्न लागिएको हो ।
नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा हुन लागेको यस सम्मेलनमा सहभागी हुन विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसहित ८० भन्दा बढी देशका प्रतिनिधिहरु नेपाल आउने छन् । सन मुभमेन्टका सदस्य राष्ट्रमै आयोजना हुने यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
नेपालको नेतृत्वमा हुन लागेको पोषण विस्तार अभियानको अन्तर्राष्ट्रिय सम्मेलनले पोषण क्षेत्रमा काम गर्ने प्रमुख सरोकारवालाहरुलाई एक ठाउँमा ल्याई सबै प्रकारका कूपोषणलाई इतिहासमा सिमित गर्दै दिगो विकास लक्ष्य प्राप्तितर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान गर्ने विज्ञहरुको भनाई छ ।
नेपाल सरकारको नेतृत्वमा हुने यो अन्तर्राष्ट्रिय सम्मेलनमा संसारभरका हजारभन्दा बढी सहभागीहरुले न्युनपोषण र मोटोपनसहित कूपोषण अन्त्य गर्न विश्वभरि प्रभावकारी भइरहेका प्रयासहरुबारे छलफल गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण