लेवान्डोस्कीको कीर्तिमान, बायर्न शीर्ष स्थानमा
एजेन्सी । बायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनलाई २–१ गोलले हरायो ।
बायर्नका स्टार स्ट्राईकर रोबर्ट लेवान्डोस्कीले कीर्तिमान रच्न सफल भए । लेवान्डोस्कीले बुन्डेसलिगामा सिजनको सुरुवाती ९ खेलमा नै लगातार गोल गर्दै कीर्तिमान रचेका छन् ।
बायर्नको जितमा बेन्जामिन पाभार्डले १३ औँ मिनेटमा खाता खोले । ५३ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । त्यसपछि युनियन बर्लिनका सेवास्टियन पोल्टरले ८६औँ मिनेटमा एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
यस जितसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको बायर्नले ९ खेलबाट १९ अङ्क बनाएको छ ।
सात अंक बनाएको युनियन बर्लिन १५औँ स्थानमा छ । दोस्रो स्थानको फ्राइबर्गको १७ अंक छ ।
शनिबार राति भएको खेलका फ्राइबर्गले लेइपिजिजलाई २–१ गोलले हराएको थियो । हारसँगै १५ अंक बनाएको लेइपिजिज छैटौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण