स्पर्सबिरुद्ध पुनरागमन गर्दै लिभरपुलको ६ अंकको अग्रता कायम
एजेन्सी । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले टोटनहम हटस्पर्सलाई २–१ गोलले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता कायम गर्न सफल भएको छ ।
ह्यारी केनले खेलको ४८ सेकेन्डमा नै गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए ।
तर, खेलको दोस्रो हाफ शुरु भएको ६ मिनेटमा नै कप्तान जोडर्न हेन्डरसनले लिभरपुललाई खेलमा फर्काए ।
खेलको ७५ औँ मिनेटमा मोहमद शलाहले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई तीन अंक दिलाए ।
लिभरपुलले यो सिजन प्रिमियर लिगमा मात्र दुई अंक गुमाएको छ भने आफ्नो घरेलु मैदानमा पछिल्ला ४५ लिग खेलमा अपराजित रहेको छ ।
सन् २०१६ को जनवरीमा म्यान्चेस्टर युनाइटेडसँग १–० ले पराजित भए यता लिभरपुल ‘बग सिक्स’ सँग अपराजित रहेको छ ।
यता, टोटनहम भने घरेलु मैदानबाहिर पछिल्ला ११ प्रिमियर लिग खेलमा जीतविहीन रहेको छ ।
१० खेलपछि लिभरपुल २८ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ भने टोटनहम मात्र १२ अंक बटुल्दै लिगको ११ औँ स्थानमा खस्केको छ ।

उता, आइतबार राती भएको खेलमा आर्सनलले भने २ गोलको अग्रता गुमाउँदै क्रिस्टल प्यालेससँग बराबरीमा चित्त बुझाउन बाध्य भएको छ ।
खेल शुरु भएको नौ मिनेटमा नै आसर्नलले सोक्राटिस पापास्टाथोपोलोस र डेभिड लुइजको गोलको मद्दतले दुई गोलको अग्रता बनाएको थियो ।
पहिलो हाफ सकिन लाग्दा लुका मिलिभोजेभिचले पेनाल्टीबाट गोल गर्दै प्यालेसलाई खेलमा फर्काए ।
दोस्रो हाफमा जोडर्न एयु गोल गर्दै खेल बराबरी गरे ।
१० खेलपछि आर्सनल १६ अंकसहित पाँचौ स्थानमा रहेको छ । प्यालेस १५ अंकसहित खेलको छैटौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण