शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

स्पर्सबिरुद्ध पुनरागमन गर्दै लिभरपुलको ६ अंकको अग्रता कायम

सोमबार, ११ कात्तिक २०७६, ०९ : ४३
सोमबार, ११ कात्तिक २०७६

एजेन्सी । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले टोटनहम हटस्पर्सलाई २–१ गोलले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता कायम गर्न सफल भएको छ ।

ह्यारी केनले खेलको ४८ सेकेन्डमा नै गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए ।

तर, खेलको दोस्रो हाफ शुरु भएको ६ मिनेटमा नै कप्तान जोडर्न हेन्डरसनले लिभरपुललाई खेलमा फर्काए ।

खेलको ७५ औँ मिनेटमा मोहमद शलाहले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई तीन अंक दिलाए ।

लिभरपुलले यो सिजन प्रिमियर लिगमा मात्र दुई अंक गुमाएको छ भने आफ्नो घरेलु मैदानमा पछिल्ला ४५ लिग खेलमा अपराजित रहेको छ ।

सन् २०१६ को जनवरीमा म्यान्चेस्टर युनाइटेडसँग १–० ले पराजित भए यता लिभरपुल ‘बग सिक्स’ सँग अपराजित रहेको छ ।

यता, टोटनहम भने घरेलु मैदानबाहिर पछिल्ला ११ प्रिमियर लिग खेलमा जीतविहीन रहेको छ ।

१० खेलपछि लिभरपुल २८ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ भने टोटनहम मात्र १२ अंक बटुल्दै लिगको ११ औँ स्थानमा खस्केको छ ।

उता, आइतबार राती भएको खेलमा आर्सनलले भने २ गोलको अग्रता गुमाउँदै क्रिस्टल प्यालेससँग बराबरीमा चित्त बुझाउन बाध्य भएको छ ।

खेल शुरु भएको नौ मिनेटमा नै आसर्नलले सोक्राटिस पापास्टाथोपोलोस र डेभिड लुइजको गोलको मद्दतले दुई गोलको अग्रता बनाएको थियो ।

पहिलो हाफ सकिन लाग्दा लुका मिलिभोजेभिचले पेनाल्टीबाट गोल गर्दै प्यालेसलाई खेलमा फर्काए ।

दोस्रो हाफमा जोडर्न एयु गोल गर्दै खेल बराबरी गरे ।

१० खेलपछि आर्सनल १६ अंकसहित पाँचौ स्थानमा रहेको छ । प्यालेस १५ अंकसहित खेलको छैटौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप