बेलायतमा ३९ जना मारिएको घटनामा छानविन गर्न ८ जना पक्राउ
एजेन्सी-बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो । बेलायतको राजधानी लण्डनदेखि पूर्वतिर पर्ने ग्रेज एसेक्समा औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र ती ३९ शव फेला परेको थियो ।
गत अक्टोबर २३ मा भेटिएका शवमध्ये ३१ पुरुष र आठ महिलाको रहेको अधिकारीहरुले जनाएका छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको जनाइएको छ । शुरुमा उनीहरु चिनियाँ भएको विश्वास गरिएको बेलायती प्रहरीले पछि भने भियतनामी भएको विश्वास व्यक्त गरेको छ । तर उनीहरुको अनुसन्धान भइरहेकाले घटनाको यथार्थ विवरण र मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
भियतनामको राज्यद्वारा सञ्चालित टेलिभिजनसँगको कुराकानीका क्रममा भियतनामी एक प्रहरी अधिकारीले घटना निकै पिडादायक भएको सोमबार बताए । भियतनामी समाचार संस्थाले पनि उनीहरु पक्राउ परेको पुष्टी सहितको समाचार सम्प्रेषण गरेको छ । यसअघि शवहरू फेला परेपछि उत्तरी आयरल्याण्डका ट्रक चालक मोरिस रबिन्सनलाई पनि बेलायती प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण