गुटबन्दीरहित पार्टी निर्माण गर्छौं : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीभित्रको गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदै लगेकाले यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् । गुटबन्दीरहित पार्टी निर्माण गर्ने, सबै पार्टी सदस्यलाई माक्र्सवादी विचारमा प्रशिक्षण दिने र त्यहीअनुसार पार्टी सदस्य जिम्मेवार बने यो समस्या समाधान हुने उनको भनाइ छ ।
नेकपा दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको जिल्लास्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले भने, “हाम्रो दुश्मन हामीभित्रै नै छ, बाहिरको दुश्मनलाई त हामीले पराजित गर्दै आएका छौँ र अब हामीले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्नतर्फ हामी लाग्छौँ ।”
उनले यो कार्यमा केही चुनौती भए पनि यसरी अघि बढेमा कम्युनिष्टको भविष्य सुरक्षित रहन्छ भने । पार्टीको सिद्धान्त समाजवादउन्मुख जनताको जनवाद रहेकाले अहिले पार्टीको सिद्धान्तका विषयमा विभिन्न टीकाटिप्पणी हुने गरेको भन्दै अध्यक्ष दाहालले एकताका क्रममा तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद र तत्कालीन माओवादी केन्द्रको २१औँ शताब्दीको जनवादलाई समायोजन र परिमार्जन गरेर समाजवादउन्मुख जनताको जनवाद बनाएको स्पष्ट पारे ।
सोही कार्यक्रममा नेकपाका प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोख्रेलले आलोचनाको सामना गर्नसक्नु नै सक्षम नेतृत्व भएको बताए । उनले आलोचना गरेमा आतिने र प्रशंसा गर्दैमा रमाउने गरेमा आफैँ कमजोर हुने भन्दै यसमा सजक रहनुपर्ने बताए । उनले पार्टी एकता चुनाव जितेर सरकार बनाउनलाई मात्रै नभई समाजलाई रुपान्तरण गर्न एकता गरिएको बताए ।
त्यस अवसरमा नेकपा प्रदेश अध्यक्ष ओनसरी घर्ती र जिल्ला अध्यक्ष टीकाराम खड्काले पार्टी एकीकरणको भावनालाई आत्मसाथ गरेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिएका थिए । कार्यक्रमा जिल्लाका प्रदेशसभा तथा प्रतिनिधिका सांसदसहित जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण