आर्थिक विकासमा केन्द्रित नहुने वित्तिय संस्थाहरुलाई कार्वाही हुन्छ : गभर्नर नेपाल
काठमाडौं– नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे राष्ट्र बैंकले कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । उनले जनताको पैसा उठाएर संचालनमा आएका बैंक तथा वित्तिय संस्था निजी नहुने भएकाले उनीहरुले मुलुकको समृद्धिका लागि आफूसँग संकलन भएको निक्षेप परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे ।
गभर्नर नेपालले जनताको पैसा नडुबोस् भनेर समस्याग्रस्त बैंक तथा वित्तिय संस्था संस्थाहरुलाई पुनः संचालन गर्ने अवसर प्रदान गरिएको पनि स्मरण गराए । सोमबार काठमाडौं समृद्धि फाईनान्स कम्पनी लिमिटेडको उद्घाटन गर्दै उनले जनताको पैसा लिएका बैंक तथा वित्तिय संस्थाहरुलाई आफ्नो निजी उद्योगको जसरी जभाभावी लगानी गर्न दिन नसकिने पनि बताए । उनले बैंक तथा वित्तिय संस्थाहरु विश्वमा कहीँ पनि निजी नहुने भएकाले त्यसले नेपाल राष्ट्र बैंकको नीति, निर्देशनको पालना गरेर अघि बढनुको विकल्प नरहेको पनि दोहो¥याए ।
गभर्नर नेपालले जनताको पैसा डुब्न नदिन नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाहरुमाथि कडा निगरानी राख्ने कामलाई तीव्रता दिने गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
-
१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
-
शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण