बायर्नको फराकिलो जित

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले फोर्टुना डुसेलड्रोफलाई ४–० गोलले हरायो ।
फोर्टुनाको मैदानमा वायर्नलाई जिताउन बेन्जामिन पाभर्ड, कोर्टिन टोलिस्सो, सेर्गी गेनब्री र फिलिप कोटिन्होले एक एक गोल गरे । ११औं मिनेटमा पाभर्टले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा टोलिस्सोले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । त्यसपछि सेर्गीले ३४औं र कोउटिन्होले ७०औं मिनेटमा गोलगर्दै बार्यनलाई सजिलै जिताए ।
जितसँगै बायर्न तेस्रो स्थानम छ । बायर्नले १२ खेलबाट २४ अंक बनाएको छ । समान अंक बनाएको लेइपिजिज गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । ११ अंक बनाएको फोर्टुना १४औं स्थानमा छ ।
यसैगरी शनिबार राति भएको अर्को खेलमा शीर्ष टोली मोनचेनग्लाडबाच मध्यम टोली युनियन बर्लिनसँग २–० गोलले पराजित भएको छ । हारेपनि शीर्ष स्थानमा हरेको मोनचेनग्लाडबाचको २५ अंक छ । १६ अंक बनाएको युनियन बर्लिन ११औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता