बायर्नको फराकिलो जित
एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले फोर्टुना डुसेलड्रोफलाई ४–० गोलले हरायो ।
फोर्टुनाको मैदानमा वायर्नलाई जिताउन बेन्जामिन पाभर्ड, कोर्टिन टोलिस्सो, सेर्गी गेनब्री र फिलिप कोटिन्होले एक एक गोल गरे । ११औं मिनेटमा पाभर्टले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा टोलिस्सोले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । त्यसपछि सेर्गीले ३४औं र कोउटिन्होले ७०औं मिनेटमा गोलगर्दै बार्यनलाई सजिलै जिताए ।
जितसँगै बायर्न तेस्रो स्थानम छ । बायर्नले १२ खेलबाट २४ अंक बनाएको छ । समान अंक बनाएको लेइपिजिज गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । ११ अंक बनाएको फोर्टुना १४औं स्थानमा छ ।
यसैगरी शनिबार राति भएको अर्को खेलमा शीर्ष टोली मोनचेनग्लाडबाच मध्यम टोली युनियन बर्लिनसँग २–० गोलले पराजित भएको छ । हारेपनि शीर्ष स्थानमा हरेको मोनचेनग्लाडबाचको २५ अंक छ । १६ अंक बनाएको युनियन बर्लिन ११औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण