ट्याक्सी चालकलाई यात्रुमैत्री व्यवहार तालिम
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रुमैत्री व्यवहार तालिम दिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा सार्वजनिक सवारी सवारीसाधन चालकहरुले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने उद्देश्यले एक हजार ट्याक्सी चालकहरुलाई तालिम दिएको नाथमले जनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित उक्त तालिमलाई सम्बोधन गर्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ट्याक्सी चालकहरुको राम्रो व्यवहारले पर्यटकको संख्यामा वृद्धि हुने बताएका थिए ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको तर ट्याक्सी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा ४० लाख पर्यटक आउन सक्ने उनले बताए ।
सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोही अन्तर्गत सोमबार ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रुमैत्री व्यवहार तालिम दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण