सहमतिको खोजीमा बोहोराटार–चाक्सीबारी देउवा पक्षको दौडधूप
काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीभित्रको पछिल्लो विवाद समाधानका लागि छलफललाई तीव्रता दिएको छ । शनिबार विहान सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग विवाद समाधानका लागि छलफल गरेका थिए । शनिबार दिउँसो पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा संस्थापन पक्षबाट उपभापति विमलेन्द्र निधि र इतर पक्षबाट सिंहबीच करिब साढे दुई घण्टा छलफल भएको हो ।
देउवासँग पौडेल निवास बोहोराटार पुगेका निधि सिंहसँग छलफल गर्न उनको निवास पुगेका थिए । शनिबार बिहान भएको देउवा र पौडेलबीचको छलफलमा सहमति नजिक पुग्न नसकेपछि निधि र सिंहबीच छलफल भएकाे हाे ।
विवाद देखिएका विषयमा चाक्सीबारीमा गहन छलफल भए पनि आ–आफ्नै अडानका कारण निष्कर्षमा पुग्न नसकेको सिंहले बताए । यता प्रवक्त विश्वप्रकाश शर्माले छलफल सकारात्मक भएको मात्र प्रतिक्रिया दिए । उनले भने, ‘चाक्सीबारी छलफल सकरात्मक दिशामा प्रवेश गरेको छ । यो - यो विषयमा सहमति भयो भनेर नभन्ने सहमति भएको छ ।’
साथै उनले भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठक पूर्वनिर्धारित समयमै बस्ने पनि जारीका दिए ।
पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवा पक्षको अडानपछि पौडेल पक्षले बैठक बहिस्कार गरेको थियो । पौडेल पक्ष भने १४ औँ महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने अडानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
